Sajhamanch Archive

कमल गाउँपालिकामा राईलाई स्वागत र श्रेष्ठको विदाई

Published: in समाज, स्थानीय तह by .

कमल । कमल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका काजिमान राईलाई गाउँपालिकाले स्वागत गरेको छ । त्यस्तै कमल गाउँपालिकाबाट सरुवा भई जानु हुने सुवास श्रेष्ठलाई सोही कार्यक्रममा विदाई गरिएको छ ।

ईलामको चुलाचुली गाउँपालिकाबाट सरुवा भई आउनु भएका राईलाई गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले नेपाली टोपी लगाएर स्वागत गरेकी थिइन् । उनलाई उपाध्यक्ष बेनु सिवाकोटी वडा अध्यक्ष कार्यपालिका सदस्य तथा कर्मचारीले टिका,अविरका साथमा खादा लगाए स्वागत गरेका थिए ।

त्यसैगरी कमल गाउँपलिकाबाट सरुवा भइ ईलामको चुलाचुली गाउँपालिका जानु भएका श्रेष्ठलाई गाउँपालिकाकी अध्यक्ष काफ्लेले सम्मान पत्र र मायाको चिनो प्रदान गर्दै विदाई गरेकी थिइन् । श्रेष्ठलाई उपाध्यक्ष सिवाकोटी, वडा अध्यक्ष कार्यपालिका सदस्य तथा कर्मचारीले टिका तथा खादा लगाएर विदाई गरेका थिए ।

सोही कार्यक्रममा कुईनेटो मिडिया प्रा.लि कमल गाउँपालिका र मदानी मिडिया दमकले पनि प्रमुख प्रशासकीय द्वयलाई खादा तथा सम्मानपत्र द्वारा स्वगत तथा विदाई गरेको थियो ।
वि.सं. २०७५ साल असोज ४ गतेदेखि चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत राईले आजबाट कमल गाउँपालिकामा हाजिर भएर आफ्नो कार्यभार सन्चालन गरे २०७६ साल भदौ ९ गतेदेखि कमल गाउँपालिकामा आउनु भएका श्रेष्ठले आजैबाट चुलाचुली गाउँपालिकामा हाजिर भई कार्यभार सन्चालन गरेका छन् ।

कमल गाउँपलिकाका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बेनु सिवाकोटी, १ नम्वर वडा अध्यक्ष केदार कटुवाल , ७ नम्वर वडा अध्यक्ष पृथ्वीपति राई, कर्मचारीका तर्फबाट शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले स्वागत तथा विदाई मन्तव्य राख्नु भएको थियो भने प्रमुख प्रशासकीय द्वय राई र श्रेष्ठले आ–आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रम प्रशासन शाखा प्रमुख तुलसी ओझाले सन्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *