Sajhamanch Archive

कोरोना विरुद्ध खोपको माग गर्दै झापा अमरपथ सडकको निर्माण कार्य बन्द

Published: in विविधा, समाज by .

कनकाई । कनकाई नगरपालिकामा झापा अमरपथ सडक खण्ड अनिश्चित कालका लागि निर्माण कार्य बन्द गरिएको छ ।

सडकमा काम गर्दै आइरहेको कम्पनी कनकाई इन्टरनेशनल विल्डर्सले आफ्ना प्राविधिक र मजदुरलाई कोरोना खोप नलगाएसम्म विल्डर्सले कुनैपनि काम नगर्ने निर्णय गरिएको विल्डर्सका प्रतिनिधि लीला सेलुवालले बताए ।

कोरोना संक्रमण वढेपछि प्राविधिक र कर्मचारीमा जोखिम वढेको र विभिन्न पेशा, व्यावसाय, उमेर समुह र कर्मचारीलाई कोरोना खोप लगाउदा राष्ट्रिय गौरवका कर्मचारी प्राविधिकलाई कोरोना खोपको प्राथमिकतामा नपर्नु दुखद कुरो भएको समेत कनकाई इन्टरनेशनल विल्डर्सले जनाएको छ ।

कनकाई नगरपालिकामा कम्पनीमा काम गर्ने प्राविधिक तथा मजदुरलाई खोप लगाउन नगरपालिकामा पहल गर्दा पनि प्राथमिकतामा नराखेकाले हामीले बाध्य भएर निर्माण कार्य रोक्नु परेको विल्डर्सका प्रतिनिधि लीला सेलुवालले बताए ।

हाल सुरुङ्गादेखि चप्रामारी क्षेत्रसम्मको निर्माणमा एक सय जना मजदुर र थप ३० जना प्राविधिक नियमित काममा जुटिरहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *