Sajhamanch Archive

चीनको हुनानमा अन्धाधुन्ध कार हाँक्दा ९ जनाको मृत्यु, ४३ घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । चीनको दक्षिणी हुनान प्रान्तको हेगयांग शहरको व्यस्त चोकमा एक व्यक्तिले अन्धाधुन्ध कार हाँक्दा झण्डै एक दर्जन व्यक्तिको मृत्यु भएको छ ।

घटनामा कम्तिमा पनि ९ व्यक्ति मारिएको र ४३ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार साँझ पौने आठ बजे बिनजियांग चोकमा रातो रङको एसयूवी कारले थुप्रै व्यक्तिहरुलाई ठक्कर दिएको थियो ।

स्थानीय संचार माध्यमहरुले त्यसक्रममा केही व्यक्तिहरुमाथि चक्कु प्रहार भएको पनि बताएका छन् ।

सुरक्षा अधिकारीहरुले कार चलाउने व्यक्ति आपराधिक पृष्ठभूमीको रहेको र उसलाई पक्राउ गरिएको जनाएका छन् ।

घटनामा चरमपंथीहरुको संलग्नता रहे या नरहेको बारेमा भने केही खुलाइएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *