सोमबार झापामा ३०२ जना कोरोना संक्रमण पुष्टि
Published:
by .बिर्तामोड । झापामा सोमबार ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा ६३ जना विर्तामोड नगरपालिका संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै दमक नगरपालिकाका ४६ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।
मेचीनगर नगरपालिकाका ५८ जनामा संक्रमण देखिएको छ भने अर्जुनधारा नगरपालिकाका ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
झापामा सोमबार कोभिडका कारण १ जनाको मृत्यु भएको छ।
Comments