निषेधाज्ञाको समयमा होटल सञ्चालन गर्नेलाई २० हजार जरिवाना
Published:
by .बिर्तामोड । कोरोना भाइर संक्रमण न्युनिकरणका लागि लगाइएको निषधाज्ञामा होटल सञ्चालन गर्नेलाई २० हजार जरिवाना तिराइएको छ ।
विर्तामाड ५ स्थित फुट स्टेप होटलले निषेधाज्ञाको समय होटल सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले उक्त जरिवाना तिराएको झापा प्रहरीले जनाएको छ ।
सोमबार राती होटल सञ्चालन गरिरहेको अवस्थामा होटल सञ्चालनक ३२ वर्षीय तिलहाङ लिम्बूलाई बिर्तामोड प्रहरीले पक्राउ गरि जिल्ला प्रशासन कार्यालय झापालाई बुझाएको थियो ।
Comments