Sajhamanch Archive

बस्नेतलाई पक्राउ गरेकोमा काँग्रेस सभापति देउवाको आपत्ति

Published: in राजनीति by .

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् ।

बिहिबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनीय भएको प्रतिक्रिया दिएका हुन् ।

सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी सो घटनाको खिलाफमा रहेको प्रतिक्रिया दिए ।

उनले पत्रकारहरुलाई पक्राउ गर्नेजस्तो काम पनि गर्ने हो ? भनि सरकारलाई प्रश्न पनि गरेका थिए । सभापति देउवाले सरकारले पत्रकारहरुलाई पनि पक्राउ गरेकाले आफ्नो पार्टीले विरोध गर्नु परेको स्पष्ट पारे ।

समाचार प्रकाशित गरेकै आधारमा गत सोमबार बिहान पक्राउ परेका खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

त्यसैगरी सोही घटनामा आवश्यक सोधपुछ गर्न प्रहरीले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पनि उर्दी जारी गरेको थियो ।

सभापति देउवाले पत्रकारलाई पक्राउ गरिएको सो घटनाको निन्दा गर्दै आफ्नो पार्टीले विरोध गरिरहेको पनि स्मरण गराए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *