Sajhamanch Archive

ऐतिहासिक तथ्य र नक्सा हेरेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

Published: in समाज by .

काठमाडौं । नेपाल–भारतबीचको सिमाना अध्ययन गर्न गठित सीमा कार्यदलको बैठक असोज पहिलो साता काठमाडौंमा हुने भएको छ ।

आगामी असोज ३ देखि ५ गतेसम्म चल्ने बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उक्त कार्यदलसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक तथ्य र नक्सा हेरेर नेपालको राष्ट्रिय हितलाई अधिकतम् केन्द्रमा राखेर काम गर्न सीमा अध्ययन समितिलाई निर्देशन दिएको छलफलमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले विवादित ठाउँमा अहिलेजस्तो अवस्था छ, त्यस्तै छाड्न र जसले जोतभोग गरिरहेको छ, त्यहीरुपमा उपभोग गर्न दिनेगरी सहमतिका साथ अगाडि बढ्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सीमा अध्ययन समितिले कतिपय ठाउँमा सीमास्तम्भ हराएको, नदीले धार परिवर्तन गर्दा सीमा यकिन गर्न नसकिएकोलगायतका समस्या राखेका थिए ।

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सीमा अध्ययन समितिको नेतृत्व नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले गरेका छन् ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *