मृतक परिवारलाई राहत प्रदान गर्दै एनएमसी सहकारी
Published:
by .चुलाचुली । झापाको मेचीनगर ६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्नो शेयर सदस्यको मृत्युमा चुलाचुलीका मृत्तक परिवारलाई नगद २५ हजार राहत सहयोग प्रदान गरेको छ ।
एनएमसी सहकारीकोे कमल ३ मा रहेको केरखा शाखा अन्र्तगत शेयर सदस्य रुपन गौतमकी ममतामयी माता र शेयर सदस्य पुण्य प्रसाद गौतमकी श्रीमती शेयर सदस्य रुपा देवी गौतमको निधन भएको नवौँ पुण्यतिथिमा गौतमको घरमै गएर सहकारीले रु २५ हजार रुपैयाँ प्रदान गरेको हो ।
सहकारीको चुलाचुली कार्यालयगत उपसमिती संयोजक तिलक सिंह फागो, केरखा कार्यालयगत उपसमिती सदस्य लोकनाथ खनाल र शान्ता उप्रेती, केरखा कार्यालय एकाइ ३ संयोजक लोक बहादुर श्रेष्ठ, चुलाचुली कार्यालय प्रमुख हेमन्त नेपाल, केरखा कार्यालय प्रमुख बिनिता बस्नेत, कर्मचारी परिना आचार्य लगायतको टोलिले स्व. गौतमको परिवारलाई समवेदना पत्र सहित राहत रकम हस्तान्तरण गरेको थियो । कोरोना महामारीको परिस्थितीमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्दै सदस्यको दुख सुखमा साथ दिइरहेको सहकारीले जनाएको छ ।
संस्थामा ६ हजार रुपैयाँ भन्दा बढी शेयर मौज्दात भएमा सदस्यको मृत्यु भएमा २५ हजार रुपैयाँ उपलब्ध गराइने संस्थाको नियम अनुसार उक्त रकम प्रदान गरिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए ।
Comments