झापामा परीक्षणको ५० प्रतिशत कोरोना संक्रमण
Published: (Updated: )
by .बिर्तामोड । झापामा आइतबार १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तथ्यांक अनुसार झापामा संक्रमणको दर ५० प्रतिशत रहेको पाइएको छ।
पिसिआर र एन्टिजेन गरि ३६७ जनाको स्वाब नमूना परीक्षण गरिएको थियो। आइतबार संक्रमण पुष्टि भएको प्रतिशत ५० भन्दा बढी हुन आउँछ।
आइतबार कोभिडबाट झापामा ५ जनाको मृत्यु भएको छ।
Comments