शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमन
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले आज बजार अनुगमन गरेको छ । शिवसताक्षीका मुख्य बजार दूधे, झिलझिले, माइधार र डुडामारी बजार अनुगमन गरिएको हो । कोभिड १९ का कारण जिल्लाको डिसिसिमएसीको बैठकले पूर्ण रुपमा स्वास्थ्य समाग्री प्रयोग गरी दुई चरणमा बजार खुल्ला गर्ने निर्णय गरेसँगै नगरपालिकाले बजार अनुगमनमा तिब्रता दिएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत गीतकुमारी राई, नगर स्वास्थ्य प्रमुख हरि विमली र सुरुक्षा कर्मीसहितको टोलीले बजार अनुगमन गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
कोरोना भाइरस संक्रमण दर उच्च हुँदै गएका बेला बजार खुल्ला गर्नु पर्ने बाध्यात्मक परिस्थितिको सामाना गर्दै स्वास्थ्य मादण्ड पालना गरी दुई चरणमा पसल खुल्ला गर्ने डिसिसिएमसीको निर्णयलाई कार्यान्वयन गराउन बजार अनुगमन गरिएको शिवसताक्षी नगरपालिकाकी कार्यकारी अधिकृत गीता कुमारी राईले बताइन् । उनले बजार अनुगमनका क्रममा नियम विपरित पसल खुल्ला गर्ने व्यवसायीलाई तत्काल सटहर बन्द गर्नलाई सम्झाइएको बताइन् ।
बजार अनुगमनका क्रममा तोकिएको समय भन्दा बाहिर १४ ओटा पसल खुल्ला गरेको पाइएको नगर स्वास्थ्य प्रमुख हरि विमलीले जानकारी दिए । उनका अनुसार अधिकांश किराना पसलहरु दिनभर खुल्ला गरेको पाइएको हो ।
जिल्लाको कोभिड व्यवस्थापन डिसिसिएमसीको सोमबार बसेको बैठकले धेरै भिडभाड हुने खाद्यन्य लगायत पसलहरु विहान ६ बजेदेखि १० बजेसम्म मात्र खुल्ला गर्ने निर्णय गरेको थियो । त्यस्तै अन्य पसलहरु विहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला खुल्ला गर्ने र स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गर्न व्यवसायीलाई आग्रह गरेको थियो ।
Comments