Sajhamanch Archive

शुक्रबार कोरियन वन र दिनारको मूल्य बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र by .

काठमाडौं । शुक्रबार रियाल, दिर्हाम र रिंगिटको मूल्य बढेको छैन । कोरियन वन र दिनारको मूल्य भने केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २७ र बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ३८ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३ सय ०७ रुपैयाँ १३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *