भट्टराईद्वारा जन्मदिन दिनको अवसर पारेर पुरस्कारको राशीको घोषणा
Published: (Updated: )
by .कमल । झापाको कमल गाउँपालिका ३ निवासी एक व्याक्तिले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर सामाजिक कार्यमा लगाउन घोषणा गरेका छन् ।
१५ वष देखि सहकारी अभियानमा लाग्नु भएका र हाल लेकवेसी कृषि सहकारी सस्थाका व्यवस्थापक समेत रहनु भएका नारायण भट्टराईले आज परेको आफ्नो जन्मदिनको अवसरमा सहकारीमा लागेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउने व्यक्तिलाई जिल्ला सहकारी संघ झापा मार्फत पुरस्कृत गर्ने गरि ३० हजार नगद रुपैया जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल र उपाध्यक्ष प्रेमकुमार कोईरालालाई हस्तान्तरण गरेका हुन् ।
सहकारीमा लागेर समाजमा हुँदै गइरेको भड्कलिको रुपमा मनाईने जन्मदिनलाई निरुत्साहित गर्दै उहाँले उदारणीय काम गर्नु भएको जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले बताए । उनले भने, तुरुन्तै संघको वैठक वसेर यो रकमलाई दोब्बर बनाउने छौ । यस्तो राम्रो कामकालागी अरु कसैले रकम थप गर्न चाहेमा रकम थप गर्न सकिने अध्यक्ष ढकालले जानकारी दिए ।
सहयोग दाता र संघको निर्णयमा हरेक वर्ष सहकारीको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने एकजनालाई पुरस्कृत गरिने सघका उपाध्यक्ष कोईरालाले बताए ।
Comments