झापाको सुरुङ्गामा नावालक छोरीसहित दम्पतीले गरे आत्महत्या
Published: (Updated: )
by .सुरुङ्गा । झापाको कनकाई नगरपालिका सुरुङ्गमा एकै परिवारले झुण्डिएर आत्महत्या गरेका छन् ।
कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा उनकी श्रीमती २९ वर्षीय मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविनाको झुण्डिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीका अनुसार आमाले छोरी बोकेकी छन् ।
मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केहिदिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन । उनीहरुको शव आफ्नै घरमा भुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
Comments