प्रेस चौतारी झापाद्वारा संक्रमित पत्रकारलाई पौष्टिक आहार प्रदान
Published: (Updated: )
by .कमल । प्रेस चौतारी झापाले आज झापाका कोभिड १९ सक्रमित तथा स्वास्थ्यमा विविध समस्या झेलिरहेका झापाली पत्रकारहरूलाई पौष्टिक आहार वितरण गरेको छ ।
झापामा रहेर पत्रकारीता गरिरहेका झापाली पत्रकारहरू गणेश पोख्रेल, पुष्प खड्का,विष्णु लम्साल, लिलाराज झापाली, आकृति तिम्सिना, सिएम चुडामणी शर्मा, माधव कल्पित, हिमाल खरेल, अनुष्का चुडाल लगायतलाई घरै पुगेर पौष्टिक आहार वितरण गरिएको प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेतीले जानकारी दिए ।
लाईफ लाईन अस्पताल दमकद्वारा सहयोग प्राप्त पौष्टिक आहार संक्रमित पत्रकारलाई घरमा पुगेर पौष्टिक आहार वितरण गरेको हो ।
प्रेस चौतारी १ नम्बर प्रदेश कमिटी सदस्य मीनप्रकाश उप्रेती, नेपाल पत्रकार महासंघ प्रदेस कमिटी कोषाध्यक्ष विमल लामिछाने, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल लगाएतको टोलीले सक्रमित पत्रकारको घरमा पुगेर पौष्टिक आहार प्रदानगर्नु भएको थियो ।
Comments