Sajhamanch Archive

जिल्लाभर कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा, शिवसताक्षीमा भदौ १७ देखि १९ गतेसम्म लगाइने

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

शिवसताक्षी । झापामा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ । आगामी भदौ ११ गतेदेखि १९ गतेसम्ममा झापाका पालिकाहरुमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका सबै पालिकाहरुमा व्यवस्थित तवरले खोप सञ्चालन गर्न पत्र पठाइसकेको छ ।

झापामा भदौ ११ देखि १३ गतेसम्म भद्रपुर, मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, विर्तामोड, कचनकवल, हल्दिवारी, वारदशी र दमक नगरपालिकामा भेरोसेलको दोस्रो मात्राको खोप लगाइने भएको छ । त्यस्तै गरीभदौ १७ देखि १९ गते कनकाई, झापा, शिवसताक्षी, कमल, गौरादह र गौरीगञ्जमा खोप अभियान सञ्चालन गरिने छ जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यता शिवसताक्षी नगरपालिकाले भेरोसेलको दोस्रो मात्राको पर्खाईमा बसेको नागरिकलाई भदौ १७ देखि १९ गतेसम्ममा तोकिएको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *