समावेशी टोल विकास संस्थाको अध्यक्षमा काफ्ले
Published:
by .कमल । कमल गाउँपालिका वडा नम्वर ३ स्थित समावेशी टोल विकास सस्थाको अध्यक्षमा मुक्तिनाथ काफ्ले सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी समितिको उपाध्यक्षमा दुर्गा कन्दङ्गवा, सचिव उमानाथ भण्डारी, कोषाध्यक्ष सुनिता भट्टराई, सदस्यहरु प्रदिप भट्टराई,कुवेर सुब्बा, गोमा खड्का, विरेन्द्र पौडेल, रत्न खापुङ्ग, तारा श्रेष्ठ र जानुका गुरागाँई सर्वसम्मत चयन भएको निर्वाचन समितीका संयोजक भिमप्रसाद दाहालले जानकारी दिए ।
टोल विकास समितीका अध्यक्ष खगेन्द्र बारकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नरप्रसाद दंगालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सचिव प्रकास निरौलाले सञ्चालन गरेका थिए ।
Comments