देवकोटाको शालिक तोडफोड गर्नेलाई कारवाही गर्न माग
Published:
by .भद्रपुर । भद्रपुर नगरपालिका ९ स्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको शालिक गएराति अज्ञात समूहले तोडफोड गरेको छ ।
वि सं २०५१ मा स्थापना गरिएको महाकवि देवकोटोको अर्धकदको शालिकको टाउको र शरीर विच्छेद गरी जमिनमा रखिएको अवस्थामा सोमबार विहान भेटिएको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिए ।
महाकवि देवकोटाको सो प्रतिमा तोडफोडको घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गर्दै दोषीमाथि कडा भन्दा कडा कारवाहीका लागि माग गरेको छ । समितिले जिल्ला प्रहरी कार्यालय झापामा दोषी पत्ता लगाई कारवाही गर्न माग राखेर जाहेरी दिएको सचिव बरालले बताएका छन् ।
Comments