Sajhamanch Archive

सभाका विषयगत समिति नेतृत्वविहीन:प्रदेश १

Published: in प्रदेश तह by .

विराटनगर । प्रदेश १ मा प्रदेशसभाबाट निर्मित विषयगत समिति नेतृत्वविहीन बनेका छन् ।

सरकारको नेतृत्व गरेको नेकपाभित्रै सभापतिको आकांक्षी बढी देखिएपछि समितिले नेतृत्व पाउन नसकेको हो ।

प्रदेश नम्बर १ को प्रदेशसभामा ७ वटा विभिन्न विषयगत समिति निर्माण गरिएको छ ।

जसअन्तर्गतको मिनि संसद भनेर चिनिने संसदीय समिति गठन भएको पनि ६ महिना बितिसक्यो तर समितिमा सभापतिको टुंगो भने लागेको छैन ।

कानुन निर्माणमा छलफल गर्नेदेखि सरकारको काम कारवाहीको अनुगमन र निर्देशन गर्न सक्ने यस्ता समितिमै नेतृत्वविहीन हुनुले समस्या देखिएको छ ।

प्रदेशसभाका समितिहरुले अहिलेसम्म सरकारलाई र अन्य कुनैपनि निकायलाई एउटा पनि निर्देशन दिएका छैनन् ।

सभापति नहुँदा अहिलेसम्म ज्येष्ठ सदस्यले अध्यक्षता त निर्वाह गर्दै आएका छन् तर समितिले ठोस उपलब्धि भने दिन सकेका छैनन् ।

समितिले मन्त्रालय, विभाग र अन्र्तगतका निकायहरुको नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र आवश्यक निर्देशन दिने र समुचित टिप्पणी, सिफारिस र निर्देशन सहितको वार्षिक प्रतिवेदन बैठकमा पेश गर्ने काम गर्दछ ।

तर,हालसम्म समितिका सभापति चयन नहुँदा तोकिएका कामहरु प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेको छैन ।

तर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले भौतिक संरचनालगायतको अभावका कारण सभापति चयनमा ढिलाइ भएपनि अब छिट्टै चयन गरिने बताउँछन् ।

तर आकांक्षी धेरै भएका कारण नेतृत्व चयन गर्न सकस भएको कुरा प्रस्टै छ ।

जसले समिति गठन भएनपनि नेतृत्व नपाउँदा तोकिएका कामको जिम्मेवारी पुरा भएको छैन । यसतर्फ ध्यान लैजान आवश्यक छ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *