Sajhamanch Archive

नेपाली कांग्रेसको १४ औं महाधिवेशनः शिवसताक्षीको ८,९ र ११ वडामा निर्विरोध नेतृत्व चयन

Published: (Updated: ) in राजनीति, विविधा by .

शिवसताक्षी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शिवसताक्षी न.पा. वडा नं. ११ को वडा सभापतिमा पिताम्बर अधिकारी सर्वसम्मत चयन भएका छन् । उप सभापतिमा लेखनाथ तामाङ्ग र सन्तोष भण्डारी, सचिवमा कुमार बुढाथोकी र मदन राई चयन भएका छन् ।

त्यस्तै सह सचिवमा चुडामणी मिश्र र बृजेश गिरी र २० जना सदस्यहरु सर्वसमम्त चयन भएका निर्वाचन अधिकृत रोहित कुमार पाण्डेले जानकारी दिए ।

त्यस्तै शिवसताक्षीको वडा नं. ९ डिल्ली फेम्बु वडा सभापतिमा सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा नेत्रप्रसाद न्यौपाने र नरध्वज तुम्बापो, सचिवमा प्रनिल योङ्या र टिकाराम बाँस्कोटा सर्वसम्मत चयन भएका छन् । त्यस्तै गरी सह सचिवमा चन्द्रबहादुर लिङ्देन र मनप्रसाद पराजुली सहित २० जना सदस्यहरु चयन भएको जिल्ला बुद्धिजिवी परिषदका सहसंयोजक तथा नव निर्वाचित क्षेत्रीय प्रतिनिधि उमानाथ दाहालले बताए। उनले नेपाली कांग्रेसको वडा नं. ९ मा वडा कार्यसमिति लगायत क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत चयन गरेर विगत देखि चल्दै आएको गुठ उप गुठको राजनीतिक अन्त्य गरिएको बताए ।

त्यस्तै वडा नं. ८ को सभापतिमा गोपाल कुँवर सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा बद्री थापा, विवेक दोर्जे थिङ, सचिवमा इन्द्र कुवर राई र सन्तोष नेपाली, सह सचिवमा केशर कुमार लिम्बु र पे्रम राज लावती चयन भएका हुन् । त्यसै गरी वडामा २० जना सदस्यहरु सर्वसम्मत चयन भएको सहायक निर्वाचन अधिकृत यादवप्रसाद घिमिरेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *