Sajhamanch Archive

यस्तो छ शरिरको साइकालोजिकल क्लक :बिहान ९–१० बजे कम रिस उठ्छ, बेलुकी ६–७ बजेसम्म मूड सबैभन्दा राम्रो

Published: (Updated: ) in स्वास्थ्य by .

 यदि बससँग काम वा तलबबारे कुरा गर्नु परे, कुनै साथीसँग भएको झगडा सुल्झाउनु परे वा कुनै जरुरी फोन गर्नुपरे बेलुकी ६ देखि ७ को समयभित्र गर्नुहोस् । कुरा मिल्नेछ किनभने यतिबेला मानिसहरुको मूड सबैभन्दा राम्रो हुन्छ । यो कुरा ब्रिटेनमा भएको एक अध्ययनबाट निस्किएको हो । थाहा पाऔं यो अध्ययनसँग जोडिएका रोचक कुराः

१–८ करोड पोष्टको विश्लेषण गरियोः

ब्रिटेनका ह्यूमन साइन्स रिसर्चर डेनियल पिंक र उनको समूहले विभिन्न समयमा मानिसहरुको मूड परिवर्तनको ढाँचामाथि अध्ययन गरे । यसका लागि उनीहरुले सोसल मिडियाको सहारा लिए र प्रयोगकर्ताले विभिन्न समयसमा गरेको आठ करोड पोष्टको विश्लेषण गरे । शरिरमा बायोलोजिकल क्लकजस्तो साइकोलोजिकल क्लक पनि हुने बताइयो ।

के हो बायोलोजिकल र साइकोलोजिकल क्लकः

हाम्रो शरिरको मांशपेशी दिनको समयलाई बुझ्ने कोसिस गर्छ । शरिरको एक हिस्सामा एक बायोलोजिकल क्लक चलिरहेको हुन्छ । यसै घडीको हिसाबले हाम्रो शरिरमा हर्मोन बन्ने गर्छ । यसमा समयमा निन्द्रा लाग्नु, शौचालय जानु, खाजा खाने समयसम्म सक्रिय रहनु, खाजा खाएपछि खाना पचाउनु, दिनको सबैभन्दा व्यस्त समयमा सक्रिय रहनु, जुन प्रकारको यात्राको बानी लागेको छ त्यो पूरा गर्नेलगायतका सबैकुरा समावेश छन् । साइकोलोजिकल क्लकले दिनको विभिन्न समयमा कुनै व्यक्तिले कस्तो व्यवहार गर्छन् भन्ने तय गर्छ ।

यो आयो नतिजाः

शरिरमा हुने हर्मोनल परिवर्तनले साइकोलोजिकल क्लक निर्धारण गर्छ । नतिजा यस्तो निस्कियोः

– बिहान उठ्नका लागि पाँचदेखि ६ बजेको समय ठिक हुन्छ ।

– ९ देखि १० बजेसम्म मानिसहरु सबैभन्दा कम रिसमा हुन्छन् । यो राम्रो मूड सेरोटोनिन हर्मोनका कारण हुन्छ । यो हर्मोन बिहानको समयमा शरिरमा उत्सर्जित हुन्छ र नेचुरल ह्याप्पिनेसलाई बढाउने काम गर्छ ।

– दिउँसो १२ बजे आसपास कफी पिउँदा शरिरमा राम्रो असर पर्ने गर्छ  । दिउँसो १ बजेपछि सेरोटोनिन घट्ने भएकाले अल्छी लाग्न थाल्छ । त्यसपछि शरिरमा कार्टिसोल हर्मोन उत्सर्जन हुन सुरु हुन्छ । त्यसको असर बेलुकी पाँच बजेसम्म रहन्छ । त्यसपछि पुनः सेरोटोनिन र टेस्टोस्टेरोन बढ्ने गर्छ र मूड राम्रो हुन थाल्छ ।

– बेलुका ६ देखि सात बजेसम्म मूड सबैभन्दा राम्रो हुन्छ । यतिबेला गरिएको काम ७० प्रतिशतसम्म सफल हुन्छ ।

राती १० बजे सुत्दा मिठो निन्द्रा लाग्ने, त्यतिबेला सुत्न नसके १ बजे सुत्नुहोस्ः

राती ८ देखि ९ बजेको बीचमा दिमाग निकै शान्त रहन्छ र सबै कुरालाई धेरै प्रयास नगरी व्यवस्थित तरिकाले सोच्न सकिन्छ त्यसकारण यो समय अर्को दिनको योजना बनाउनका लागि सटिक हुने गर्छ । राती १० बजेदेखि शरिरमा मेलाटोनिन हर्मोन सुचारु हुन थाल्छ त्यसकारण तपाईंले यतिबेला सुत्ने तयारी गर्नुपर्छ । यदि १० बजे सुत्न सक्नुभएन भने राती १ बजे पुनः मेलाटोनिनको उत्सर्जन सुरु हुन्छ जुन चार बजेसम्म जारी रहन्छ । यो समयमा सुत्दा मिठो निन्द्रा लाग्ने गर्छ ।

हर्मोनसँग प्रत्यक्ष सम्बन्धः

बैज्ञानिकका अनुसार यसको प्रत्यक्ष सम्बन्ध मानिसमा रिलिज हुने हर्मोनसँग हुन्छ । समय अनुसार हर्मोनमा परिवर्तन हुने भएकाले उसको स्वभावमा पनि परिवर्तन आउने गर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *