Sajhamanch Archive

मिलनचोक टोलको नवौ वार्षिक साधारण सभा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काँकरभिट्टा । मिलनचोक टोल विकास संस्थाको नवौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

‘हाम्रो घर, आँगन, बाटो, किचन, बाथरुम, नाला र मन सफा राखौँ’ भन्ने नाराका साथ संस्थाले नवौँ साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाले संस्थाको अध्यक्षमा नरेन्द्रप्रकाश सिटौला, सचिवमा प्रेम तिम्सिना र कोषाध्यक्षमा सावित्रादेवी अधिकारीलाई चयन गरेको छ । त्यसैगरी, संस्थाले कालीदेवी गौतमको संयोजकत्वमा ३ सदस्यीय टोल सुधार समिति समेत गठन गरेको छ । सदस्यहरुमा गीतादेवी दाहाल र राधिकादेवी रञ्जितकार रहेका छन् ।

संस्थाका अध्यक्ष नरेन्द्रप्रकाश सिटौलाको सभापतित्व तथा मेचीनगर–६ का वडा अध्यक्ष ललित तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सुन्दर टोल विकास संस्थाका अध्यक्ष रामबहादुर तामाङ, समाजसेवी विकास देवकोटा, पत्रकार किशोर उपरकोटीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका उत्कृष्ट ऋणीहरु टिकामाया संग्रौला, कुमार गौतम, चम्पामाया तामाङ, रुद्रकुमार कटुवाल, हर्कमाया थापा मगर र रमेश सुब्बालाई सम्मान गरेको छ । संस्थाले वडाबाट गर्ने क्षमता अभिवृद्धि तालिम, हरित नगरी निर्माण गर्न तथा फोहोर राख्ने टोकरीमा अनुदानको माग गरेको छ ।

कार्यक्रममा भुस्याहा कुकुर नियन्त्रणमा वडाको ध्यानाकर्षण गराउनुका साथै बजार क्षेत्रमा ठूला ठूला पक्की घर बनाएर घरको छतको पानी अगाडि बाटोका पाइबाट झर्दा स्थानीयलाई हुने समस्याको विषयमा अवगत गराएका थिए । बजारमा बालेको बत्ती धेरै ठाउँमा विग्रिएर अन्धकार हुने भएकोले धेरै समयसम्म त्यसो हुन नदिन प्राविधिक खटाउन समेत संस्थाले वडालाई अनुरोध गरेको छ ।

संस्थाका सचिव प्रेम तिम्सिनाले सञ्चालन गरेको कार्यक्रमको स्वागत सदस्य आङ छेवाङ शेर्पाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *