हत्या आरोपीको बयान: तेजबहादुरलाई मात्रै मार्न खोजेको थिएँ, अरुले देखेपछि सबैलाई सिध्याएँ
Published: (Updated: )
by .संखुवासभा । संखुवासभा मादी नगरपालिका–१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्या आरोपमा प्रहरीले तेजबहादुर कार्की परिवारकै छिमेकी एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २६ वर्षीय लोकबहादुर कार्की छन् ।
प्रहरीका अनुसार पक्राउ पर्ने कार्की नातामा भतिजा हुन् । प्रहरीका अनुसार लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बरामद भएको छ । पारिवारिक दुष्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ । ‘हत्या गर्ने व्यक्तिलाई पक्राउ गरिसकेका छौं । संखुवासभा सामुहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान ५ बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए ।
तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका अनुसार मृतक तेजबहादुर दुई सय मिटर मास्तिरका भतिजो नाता समेत पर्ने छिमेकी लोकबहादुरको घरमा उनका दुई दाजुभाइलाई लिन गएका थिए । तर बाटोमै टाउको पछाडिबाट हिर्काएर तेजबहादुरको हत्या भएको खुलेको प्रहरीले बताएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको भनेका छन् । कराउन थालेपछि आत्तिएका उनले घरतिर समेत गएर सबैको हत्या गरेको साबिती बयान दिएको प्रहरीले जनाएको छ । यस विषयमा आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्ने प्रहरी तयारी छ ।
उनले हत्या गरेको स्वीकार गरिसकेका छन्’, प्रहरीका एक उच्च अधिकारीले भने, ‘ऋण माग्दा आफन्त भए पनि पैसाको ब्याज लिन्थे । पागल भनेर जिस्काउँथे त्यसैले चिर्पटले हानेर मारें भनेर स्वीकार गरिसकेका छन् ।’ प्रहरीका अनुसार कार्कीले डिप्रेसनको औषधि खाइरहेका थिए ।
एक वर्षअघि उनकै घरमा लोकबहादुरकी आमा लडेकी थिइन् । गम्भीर घाइते भएकी आमालाई उपचारका लागि झापाको एक अस्पताल लगिएको थियो । उपचारका क्रममा मृत्यु भयो ।
‘आमाको मृत्यु पछाडि तेजबहादुरकै षडयन्त्र भएको लोकबहादुरको बुझाइ रहेछ’ एक अनुसन्धान अधिकृतले भने, ‘त्यही रिसले हत्या गरेछन् ।’ ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाती दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो । ६ जनाको शव चार ठाउँमा फेला परेको थियो ।
Comments