Sajhamanch Archive

तीन जना महिला स्वयमसेविकालाई सम्मानसहित विदाई

Published: in समाज, स्थानीय तह by .

इटहरी । ३३ बर्षअघि देखि कार्यरत इटहरीका तीनजना महिला स्वयंसेविकाकालाई इटहरी उपमहानगरपालिकाले सम्मान सहित विदाई गरेको छ ।

६० बर्षे उमेरहदका कारण विष्णुतारा नेपाली,गंगादेवि नेपाल र गंगीया सरदारलाई सम्मान सहित उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विदाई गरे । उहाँहरुलाई ३० हजार रकम प्रोत्साहन भत्ता सहित विदाई गरिएको हो ।

विदाई कार्यक्रममा प्रमुख चौधरीले उहाँहरुले स्वास्थ्यक्षेत्रमा पुरयाएको योगदानको उच्च प्रशंशा गरे । उनले भने “राष्ट्र निर्माणका लागि स्वस्थ्य जनशक्तिको आवश्यकता पर्छ । स्वस्थ्य जनशक्ति निर्माणमा उहाँहरुको भूमिका प्रशंशनीय छ ।”इटहरीमा १ सय ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गरिरहेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *