माओवादी केन्द्र शिवसताक्षीद्वारा आगलागी पीडितलाई सिलाई मेसिन वितरण
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिबसताक्षी २ मगलबारेका आगलागी पीडितलाई नेकपा माओवादी केन्द्र शिबसताक्षी नगरले सिलाई कटिङ्ग सामाग्री वितरण गरेको छ ।
नेकपा (माओवादी केन्द्र) शिबसतासी नगर कमिटीले आज झापाको धरमपुरमा आगलागीबाट पीडित दुई परिवारलाई राहत स्वरुप लुगा सिलाउने मेसिन वितरण गरेको हो ।
शिबसतासी – २ का अध्यक्ष भिम नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद तथा नेकपा (माओवादी केन्द्र) प्रदेश १ का सदस्य झलकसिंह दर्लामी नगर अध्यक्ष महेन्द्र भट्टराईले उक्त सामाग्री पीडितलाई हस्तान्तरण गरेका हुन् ।
गएको जेष्ठ १० गते आगलागीबाट नन्दकला राई र नेत्र चिमरियाको घर पुर्ण रुपले जलेर नस्ट भएको थियो ।
उनीहरुलाई जीवन यापन गर्न सजिलो होस भन्ने उदेद्दश्यले सिलाई मेसिन हस्तान्तरण गरिएको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराईले जानकारी दिए । उनले नगरपालिकाले दमकल खरिद नगर्दा नगरमा थुप्रै धन जनको क्षेति ब्युहर्न परेकोले सम्पूर्ण अग्नी पीडितलाई राहत उपलब्ध गराउन सरकार सँग माग गरे ।
झापा जिल्ला सह(इन्चार्ज तथा नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशका सचेतक झलकसिं दर्लामीले राज्यबाट पीडितहरुलाई राहत दिलाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपा, जिल्ला कमिटी सल्लाहकार दिपक बुढाथोकी, नगर सदस्य भुवन राई, सन्जय रार्इ वाईसीएल नगर कमिटी उपाध्यक्ष गोपाल नेयोङ, सचिब भुवन सेन्दाङ, वार्ड ३ का अध्यक्ष राजु लिम्बु लगायत नेताहरूको उपस्थिति रहेको थियोे ।
Comments