Sajhamanch Archive

एनएमसी दुधे कार्यालयको साधारण सभा सम्पन्न, संस्थाले ३३ करोड बढी नाफा कमायो

Published: (Updated: ) in विविधा, समाज, सहकारी by .

शिवसताक्षी । नेपाल बहुदेश्यीय सहकारी संस्था दूधे कार्यालयले २९औं वार्षिक साधारण सभा गरेको छ । शिवसताक्षी न.पा. ११ दूधे मा रहेको नेपाल बहुदेश्यीय सहकारी संस्थाले सतासीधाम समुदायिक भवनमा साधारण सभा सम्पन्न गरेको हो ।

झापाको काँकरभिट्टामा केन्द्रिय कार्यालय रहेको सहकारीले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दैै असोज ३ गतेबाट साधारण सभा गर्न सुरु गरेको हो ।

कार्यक्रममा नेपाल बहुदेश्यीय सहकारी संस्थाका सञ्चालक समिति सदस्य ख्यामनाथ मिश्रले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरका थिए । संस्थाले आ.व. २०७७÷ ०७८ मा ३३ करोड १७ लाख ८३ हजार २१४ नाफा कमाएको केन्द्रिय कार्यालयबाट निकालेको  प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी कार्यक्रममा आ.व. २०७८÷०७९को भावी योजना समेत प्रस्तुत गरिएको थियो ।

नेपाल बहुदेश्यीय सहकारीले आफ्नो कार्य क्षेत्र विस्तार गर्दै लगेको छ । २९ वर्ष अघि बचत तथा ऋणको कोरोबार सुरु गरी आजसम्म आइपुग्दा विभिन्न विधामा लगानी गर्दै संस्थागत रुपमा बजार प्रतिनिधि बोहक नै ८१७ जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको सञ्चालक समिति सदस्य मिश्रले जानकारी दिए । संस्थाका कार्पोरेट व्यवस्थापन प्रमुख चेतन शर्मा पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आश्विन ९ गते दुवागढी कृषि परियोजनामा साधारण सभाको समापन गर्ने जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपाल, वडा नं. ११ अध्यक्ष भैरवकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दूधे एनएमसी कार्यालयका संयोजक गुरुप्रसाद पाठकको अध्यक्षमा भएको कार्यक्रमको स्वागत उपसमिति सदस्य प्रेम भण्डारीले गरेका थिए भने दूधे कार्यालय प्रमुख ऋतु शाक्यले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा सञ्चालक समिति सदस्य तथा क्षेत्रीय इन्चार्ज दूर्गाप्रसाद भट्टराईको समेत उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *