जस्तोसुकै सुरक्षा चुनौतीको सामना गर्न तयार छौं: प्रधानसेनापति शर्मा
Published:
by .काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माले जस्तोसुकै सुरक्षा चुनौतीको सामना गर्न नेपाली सेना तयार रहेको बताएका छन् । प्रधानसेनापति शर्माले देशमा विकशित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने गतिविधिहरुको नेपाली सेनाले अध्ययन गरिरहेको समेत जानकारी दिए।
‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठकालाई बिहीबार सम्बोधन गर्दै प्रधानसेनापति शर्माले जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न नेपाली सेना तयार रहेको बताए ।
प्रधानसेनापति शर्माले भने, सबै प्रकारका गतिविधिहरुको विश्लेषण गरिरहेका छौं। संभावित सुरक्षा चुनौतीको समाना गर्न सेना तयार छ ।’
Comments