Sajhamanch Archive

शिवसताक्षी नगर सभापतिका लागि दुई युवा उम्मेदवार बीच प्रतिश्पर्धा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, by .

शिवसताक्षी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शिवसताक्षीको नगर अधिवेशनको पूर्व सन्ध्यामा नगर सभापतिको युवा उम्मेदवारहरुले प्रचार प्रसारलाई तिब्रता दिएका छन् । नगर सभापति पदका चार जनाको नाम चर्चामा रहेपनि हाल २ जना खुल्ला प्रतिश्पर्धामा उत्रेका छन् ।

शिवसताक्षी न.पा. ११ निवासी अशोक बस्नेत र शिवसताक्षी न.पा. ७ का तुलाराम बोखिम चुनावी माहोल आफ्नो पक्षमा पार्न क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरुको घर घर पुगेर भोट माग्ने काम गर्दै आएका छन् ।

बस्नेत विद्यार्थी जिवन देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुँदै तरुणदलको जिल्ला सदस्य समेत भएका हुन् । केन्द्रिय पदाधिकारीसँंग राम्रो सम्बन्ध बनाएका बस्नेतलाई पार्टीका जिम्मेवार नेता कार्यकर्ताले नगरको नेतृत्व लिन प्रस्ताव गरेपछि उनले आफ्नो उम्मेद्वारी घोषणा गरेको बताउँछन् । उनी शिवसताक्षी दूधेका सफल व्यवसायी पनि हुन् ।

उनले आफ्नो घोषणा पत्रमा पार्टीमा चल्दै आएको गुट उपगुटको राजनीति अन्त्य गर्दै व्यवस्थित र मर्यादित संगठनको रुपमा पार्टीलाई अघि बढाउने उल्लेख गरेका छन् । आधुनिक युगमा रुपान्तरण गर्दै आफ्ना क्रियाशिल सदस्यहरुलाई प्रविधिको विकास सँग जोड्न तालिमहरुको व्यवस्था गर्ने । त्यसैगरी विपत्तीमा कांग्रेस भन्ने मुल नारालाई अभिायनका रुपमा सञ्चालन गर्ने, दैविक प्रकोपबाट पीडितहरुलाई उद्धार तथा राहत उपब्लध गराउँन पार्टीका क्रियाशिल युवाहरुलाई परिचालन गर्ने उनले आफ्नो घोषणा उल्लेख गरेका छन् । नेपाली कांग्रेस शिवसताक्षीका लागि आफ्नै भवन निर्माणका गर्न जग्गा खरिद गरी आफ्नै कार्यकालमा नयाँ भवन र सुचना मैत्री बनाउने समेत बताइएको छ ।

नेपाली कांग्रेसलाई समय सापेक्ष सुदृढीकरण गरी राष्ट्र निर्माणको मुल प्रवाहमा मूख्य भूमिका निर्वाह गर्न जिम्मेवारीका लागि नयाँ पुस्ताले अघि बढ्नु पर्ने समय आएकाले पनि नयाँ र युवा पुस्तालाई नेतृत्वमा पु¥याउन सबै मतदाताहरुले सहयोग गर्ने विश्वास लिएको प्रत्यासी उमेद्वार असोक बस्नेतको दावी छ ।
बस्नेतको प्यानलमा नगर उपसभापति सन्तकुमार फेवदिन, भुपाल राजवंशी, सचिवमा रमेशकुमार राई र होमप्रसाद दुलाल रहेका छन् । त्यस्तै पदमा सह सचिव सूयप्रकाश योङ्गया र राजनारायण ताजपुरियाले उमेद्धारी घोषणा गरेका छन् ।

त्यसैगरी अर्का नगर सभापतिको प्रत्यासी उम्मेद्वार तुलाराम बोखिमले पनि आफ्नो प्यालन सार्वजनिक गरेका छन् । उनी पूर्व तरुणदलको महाधिवेशन प्रतिनिधि हुँदै नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट नगरको उपसभापति चिर्वाचित पदमा बनेका थिए ।  बोखिम शिवसताक्षी ८ झिलझिलेका कुशल व्यवसायीको रुपमा चिनिन्छन् ।

उनले आफ्नो घोषणा पत्रमा एक व्यक्ति, एक पद र एक कार्यकालको अवधारणालाई अघि सारेका छन् । विधान सम्मत पार्टी सञ्चालन गर्ने नेतादेखि कार्यकर्ता मूल्यांकन मापदण्ड तयार गर्ने, यूवाहरुको अधिकतम सहभागितामा प्रशिक्षित कांग्रेस कार्यकर्ता तयार गरी कांग्रेस शिवसताक्षीलाई गौरव गर्न लायक बनाउने सोचका साथ नगर सभापतिको उम्मेद्वारी दिएकोे आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छन् ।

लामो समयसम्म पार्टी रहेर काम गर्ने क्रियाशील सदस्यहरुलाई उचित सम्मान र पुरस्कृत गर्ने, समाजवादी सोच अनुरुपको पार्टी निर्माण गर्दै साथै गुट–उपगुट समाप्त गर्ने, अनियमितता विरुद्ध कडा हुने, नेपाली कांग्रेसको प्रजातान्त्रिक अभ्यास मलिलो र उर्वर बनाई लोकतान्त्रिक समाजवादको सपना साकार बनाउने साथै स्थानीय तहमा पार्टी पहिलो तहको राजनीतिक दलमा स्थापित गर्ने जस्ता साझा प्रतिवद्धताहरु जाहेर गरेका छन् ।

उक्त प्यानलले नेपाली कांग्रेस नगर समितिको आफ्नै कार्यालय भवन निर्माण गर्ने, पार्टीलाई सूचनामैत्री बनाउने, क्रियाशील सदस्यलाई तालिम तथा आधुनिक सञ्चारसँग जोड्ने, संगठनलाई चुस्त–दुरुस्त राख्ने, शुभेच्छुक संस्थालाई चलायमान बनाउने, आर्थिक अनुशासन र पारदर्र्शीतालाई प्राथमिकता दिदैँ नेपाली काग्रेस शिवसताक्षीलाई बलियो संगठनका रुपमा विकास गर्ने उनको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी बोखिमको प्यानलको नगर उप सभापतिमा नेत्र विमली, नगर सचिव विनोद खरेल र नगर सह–सचिवमा देवीप्रसाद तुम्बापो (दर्शन) ले  उम्मेद्वारी दिएका छन् ।

शिवसताक्षीमा दुवै उम्मेदवार युवा रहेकाले पनि यस क्षेत्रको चुनावतीब्र प्रतिस्पर्धा हुने देखिन्छ । दुवै उम्मेदवारले आ आफ्नो जीतको दावी गरेका छन् । शिवसताक्षी नगर सभापतिमा कसले बाजीमार्ला त्यो हेर्न भने १० गतेपछिको प्रतिक्षा गर्नु पर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *