Sajhamanch Archive

शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by .

शिवसताक्षी । नेपाली कांग्रेसको शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी बनेका छन् । उनका निकटम प्रतिद्वन्दी तुलाराम बोखिमलार्ई ६८ मतले पछि पार्दै उनी विजयी बनेका हुन् । बस्नेतले २१५ प्राप्त गरेका थिए भने बोखिमले १४७ मतमा प्राप्त गरेका थिए ।

त्यसैगरी उप सभापतिमा सन्तकुमार फेवदिन र भुपाल प्रसाद राजवंशी विजयी भएका छन् । फेवदिनले २८२ र राजवंशीले २२२ मत प्राप्त गरेका छन् । उनीहरुका निकटतम प्रतिद्वन्दी नेत्र विमलीले १४६ प्राप्त गरेका छन् ।

नगर सचिवमा होमप्रसाद दुलालले २४१ मत र रमेश कुमार राईले २१९ मत प्राप्त गर्र्दै विजयी हासिल गरेका छन् । उनीहरुका प्रतिद्वन्दी विनोद खरेलको प्राप्त मत १६९ रहेको छ ।

नगर सह सचिव पदका उम्मेद्वार सूर्यप्रकाश योङ्गयाले २६९ मत र राज नारायण ताजपुरिया २२४ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्दी देवीप्रसाद तुम्बापो (दर्शन)ले १४७ मत प्राप्त गरका छन् । शिवसताक्षी नगरमा सतप्रतिशत मत खसेको थियो भने ३६८ जना मतदाता रहेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *