बंगुर पालक कृषकलाई कमल गाउँपालिकाको अनुदान
Published: (Updated: )
by .कमल । कमल गाउँपालिकाले बंगुर पालन गर्दै आएका कृषकलाई अनुदान सहयोग गरेको छ ।
गाउँपालिका वडा नं. ४ का बंगुर पालन गर्दै आएका ५० जना कृषकलाई कृषि पेशामा थप उत्साह थप्ने उद्देश्यले अनुदान सहयोग गरेको हो । गाउँपालिकाले स्थानिय नवोदय सहकारी मार्फत बगुरका पाठा खरिद, गोठ सुधार, औषधी लगाएतमा ५० प्रतिशत साझेदारीमा २० लाख रुपैया कृषकलाई उपलब्ध गराएको थियो ।
गाउँपालिकाले वडा नम्वर ४ लाई बंगुर पकेट क्षेत्र घोषणा गरेसँगै यहाँका कृषक उत्साहका साथ कृषि व्यवसायमा लागेका छन् । गाउँपालिकाबाट सहयोग रकम पाएपछि कृषकमा व्यवसाय प्रति झनै उत्साह बढेको छ ।
बंगुर पालन व्यवसायबाट राम्रो आम्दानी हुने भएपछि यति बेला सबैको राजाईमा यो व्यवसाय पर्न थालेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाबाट बंगुर पालन सम्बन्धि विभिन्न शिर्षकमा अनुदन पाएपछि आफुजस्ता धेरै कृषकलाई सहयोग पुगेको वडा नम्वर ४ स्थित राना बंगुर फर्मका सन्चालक मनबहादुर रानामगरले बताए ।
यो पटक ५ वटा माउभन्दा बढी हुने कृषकले मात्र अनुदन पााएका छन् । आगामी कार्यक्रममा एक-दुई माउ बंगुर हुने कृषकलाई समेत अनुदानमा समावेश गर्नुपर्ने रानाले जानकारी दिए । गाउँपालिकाबाट थोरै रकम सहयोग पाए पनि कृषक खुशी छन् । तर उनिहरु अनुदान सहयोगभन्दा पनि सस्तो व्याजदरमा कर्जा र गाउँपालिकाले बजार व्यवस्थापन गरिदिए अझै राम्रो हुने वडा नम्वर ४ सुनिता बंगुर फर्मकी सन्चालक शान्ति लिम्वुले बताइन् ।
केन्द्रिय सरकारबाट प्राप्त रकम स्थानिय सहकारी मार्फत ५ वटा समुहका ५० जना कृषकलाई प्रदान गरेको कमल गाउँपालिका पशुसेवा प्रमुख दिपेन्द्र लामछानेले जानकारी दिए । यस्ता कार्यक्रमले कृषकलाई व्यवसाय प्रवद्र्धन ठुलो सहयोग पुग्ने उनको बुझाई छ ।
Comments