फाल्गुनन्द साकोसको झिलझिले स्थित वाटर किङ्डम पार्कमा सपथ ग्रहण
Published:
by .शिवसताक्षी । फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको नव निर्वाचित पदाधिकारीलाई सपथग्रहण गराइएको छ । दमक नगरपालिका वडा नं. ६ को उक्त साकोसको चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सफथ ग्रहण गराएको हो ।
अधिवेशनबाट पदम लिङदेन संकल्पले ६ सय १८ मत प्राप्त गरी विजय भएका थिए भने त्यस्तै सचिवमा देशराज नेम्वाङले ६ सय २ मत प्राप्त गरी विजय भएका थिए । संस्थाका उपाध्यक्ष दिलिप जवेगु, महिला उपाध्यक्ष पुलकुमारी आङदेम्वे, कोषाध्यक्ष संगीता सेरेङ (सम्वाहाम्फे इक्सा) निर्विरोध विजय भएका थिए । त्यस्तै सदस्यहरुमा गोमनसिह सम्वाहाम्फे, कमला योङहाङ, मनकुमारी पन्धाक र खड्क राई निर्विरोध विजय भएका थिए । त्यस्तै लेखा सुपरिवेक्षण संयोजकमा लिलाराज तुुम्वापो निर्विरोध विजय भएका थिए भने सदस्यहरुमा वीरबहादुर लावती र शक्तिकुमार साँवा विजय भएका थिए ।
सबै विजेताहरुलाई शुुभकामना तथा सपथ ग्रहण गराउँदै प्रमुख अतिथि चुडामणी ओझाले सहकारी संस्था सहकार्यले मात्र चल्ने भएकाले वित्तिय कारोवार शेयर सदस्यमुखी हुनुपर्ने बताए ।
उनले महागुुरु फल्गुनन्द राष्ट्रको विभूती भएकोले यसलाई सबैले अपनत्व ग्रहण गनुपर्नेमा जोड दिए । कार्यक्रममा संविधान सभा सदस्य विश्वदीप लिङदेन, फल्गुनन्द साकोसका पूर्व अध्यक्ष मेहरमान लिङदेन, समाजसेवी वीरबहादुर लावती, सहकारी अभियान्ता ओममाया आङदेम्वे लगायतले शुभकामना मन्तव्य दिएका थिए । फाल्गुनन्द साकोसका नव निर्वाचित अध्यक्ष पदम लिङदेन संकल्पको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत फुलकुमारी आङदेम्वेले गरेकी थिइन् भने सञ्चालन दिलिप जवेगुले गरेका थिए । सपथ ग्रहण कार्यक्रम झिलझिले स्थित वाटर किङ्डम पार्कमा सम्पन्न भएको थियो ।
Comments