Sajhamanch Archive

दिलमाया स्मृति कपको छनौट खेल जारी, ४ र ५ नम्बर वडा विजयी

Published: in खेलकुद by .

सुरुङा । दिलमाया स्मृति कप फुटवल प्रतियोगिताको छनौट खेल अन्तर्गत कनकाई तर्फको छनौट खेलमा बिहीवार वडा नम्बर ४ र ५ बिजयी बनेका छन् ।

वडा नम्बर ४ ले १ लाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी बनेको हो । ४ नम्बरको तर्फबाट पहिलो हाफको इन्जुरी समयमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै संदिप रसाइलीले एकमात्र गोल गरे । यसपछि १ नम्बरका खेलाडीका धेरै प्रहारमा ४ का गोलकिपर मनिस मगर बाधक बन्दा कनकाई ४ बिजयी बनेको हो ।

त्यसैगरी अर्को खेलमा वडा नम्बर ५ ट्राईब्रेकरमा बिजयी बनेको छ । ५ ले ७ नम्बर वार्डलाई ट्राईब्रेकरमा ६–५ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश पाएको हो । खेल अवधिभर र थप गरिएको समयमा समेत दुबै टिमबाट कुनै गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको हो ।

कनकाई माविको खेल मैदानमा भइरहेको खेलबाट कनकाई नगरपालिकाका उत्कृष्ट २ टिमले दिलमाया स्मृति कपको क्वाटरफाइनलमा प्रवेश पाउने आयोजक दिलमाया स्मृति कप कनकाईका सहसंयोजक गोविन्द सुवेदीले बताए ।

त्यस्तै, झापा गाउँपालिकाबाट वडा नम्बर ६ र ७ छनौट भएका छन् । गत मंगलबार देखि जारी छनौट खेलमा यी दुई टिम फाइनलमा प्रवेस गरेसँगै दिलमाया स्मृति कपमा सिट सुरक्षित गरेका हुन् ।

बिहीबार भएको खेलमा वडा ६ ले ५ लाई जित्दै दिलमाया स्मृति कपमा आफ्नो सिट सुरक्षित गर्न पुगेको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछी ट्राइब्रेकरमा वडा ६ ले ७–६ को गोलान्तरले ५ माथी बिजय हासिल गरेको हो ।

त्यस्तै बुधबार वडा ७ ले वडा ३ लाई १–० को गोलान्तर पराजित गर्दै बिजयी बनेको थियो । यो सँगै फाइनलमा प्रवेस गर्ने यी दुई टिम दिलमाया स्मृति कपमा भाग लिन पाउने प्रारम्भिक छनौट समितिका संयोजक सनित राइले बताए ।

झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवाको ममतामयी माता स्वर्गीय दिलमायाको सम्मानमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो । नेपाल खेलकुद महासंघको आयोजनामा हुने फुटवल प्रतियोगितामा झापा क्षेत्र नं. ४ मा पर्ने कनकाई नगरपालिका र झापा गाउँपालिकाका ७–७ वटा वडा, शिवसताक्षी नगरपालिकाका ११ वटा वडा, गौरादह नगरपालिकाका १ वटा र गौरीगञ्ज गाउँपालिकाका २ वटा वडाले प्रतिस्पर्धा गर्ने छन् ।

२८ वटा वडाका टिमले प्रिसेलेक्शन म्याच खेलेपछि अन्तिम आठ वटा टिमलाई उपाधिको प्रतिस्पर्धामा समावेश गरिने खेल व्यबस्थापन समितिका संयोजक गजेन्द्र ताम्लीले जानकारी दिए । उनका अनुसार प्रिसेलेक्सन खेल सबै पालिकाले तोकेको खेल मैदानमा हुनेछ भने माइवारी ४ वटा र माइपारीबाट ४ वटा टिम उपाधि भिडन्तमा हुनेछन् ।

खेलमा प्रथम पुरुस्कार २ लाख २५ हजार नगद,दोस्रो पुरुस्कार १ लाख २५ हजार नगद र प्रमाण पत्र,मेडल,ट्रफी रहेको छ । त्यस्तै सेमिफाइनल र क्वाटरफाइनल पुगेका टिमले समेत नगद पुरुस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख २५ हजार र उपबिजयी हुने टिमले १ लाख २५ हजार रुपैँया पाउनेछन् । यसैगरि उत्कृष्ट ८ टिमले समेत नगद पुरस्कार पाउने मुल आयोजक समितिका संयोजक सुनिल भेटवालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *