उद्यमशील महिला जागरण केन्द्रको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा पुनः शान्ता
Published:
by .कमल । झापाको कमल गाउँपालिका ३ स्थित उद्यमशील महिला जागरण केन्द्रले आज एक कार्यक्रम बीच तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ ।
“सीप सिकौं, उद्यमी बनौं” भन्ने नाराका साथ संस्थाले विभिन्न कार्यक्रमका साथ तेस्रो साधारणसभा तथा आगामी कार्यकालकालागि नयाँ समिति समेत चयन गरेको छ ।
संस्थाले गाउँमा रहेका धेरै महिलालाई विभिन्न सिप र प्रविधिको माध्यमबाट स्वरोजगार भन्दै कार्यक्रममा प्रमुख अतिथि तथा कमलगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले खुसी व्यक्त गरे । आफुभित्र ईच्छा शक्ति भए सिप सिक्न उमेर समुहले नछेक्ने बताउँदै आफुले सिकेको सिपलाई व्यवहारमा प्रयोग गर्न समेत उनले सुझाव दिए ।
सोही कार्यक्रमको अवसरमा संस्थाका कानुनी सल्लाहकार विमल संग्रौला र संस्थालाई विशेष योगदान पुर्याउने बन्दना झाँगरलाई सम्मान गरिएको थियो ।
त्यसैगरी संस्थाद्वारा सञ्चालित विभिन्न तालिममा सहभागीलाई प्रमाण–पत्र र आजिवन सदस्यता प्राप्तगर्नु हुने सदस्यलाई आजिवन सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
त्यसैगरी उद्यमशील महिला जागरण केन्द्रको अधिवेशनबाट आगामी कार्यकालका लागी पुनः अध्यक्षमा शान्ता दाहाल(उप्रेती) लाई अध्यक्षतामा निर्वाचित गरेको छ ।
त्यसैगरी उपाध्यक्ष गोमा तिवारी, सचिव सिता राई शेर्पा, सह सचिव नन्दकुमारी लिम्बु, कोषाध्यक्ष बेदमाया वाग्ले, सदस्य विष्णु आचार्य( गौतम), हिमा ढुङ्गेल(पौडेल) चन्द्रा नेपाली, हुमा बाँस्तोला (दाहाल) चयन भएको निर्वाचित समितीका संयोजक अग्निप्रसाद कोईरालाले जानकारी दिए ।
त्यसैगरी लेखा समिति संयोजकमा मेनुका सापकोटा तथा सदस्यमा अमृता लामा र हरिमाया खतिवडा (घिमिरे) चयन भएका संयोजक कोईरालाले जानकारी दिए ।
साधारण सभामा ३ नम्वर वडा अध्यक्ष नरप्रसाद दंगाल, बालमैत्री अभियानका सहजकर्ता सुमन ढकाल, कमलनगर जेसीजका अध्यक्ष छत्रपती खनाल, लायन क्लव अफ केर्खाका अध्यक्ष देबी प्राद दाहाल, महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम लगायतले संस्थाले समाज रुपानतरणमा गरेको कामको प्रशंसा गर्दै नव गठित कार्यसमितिलाई सफल कार्यकाल सफलताको बधाई तथा शुभकामना दिएका थिए । संस्थाकी सचिव गौरी राईले सन्चालन गरेको कार्यक्रमको कोषाध्यक्ष सीता राईले शाब्दिक शाब्दद्वारा स्वागत गरेकी थिइन् ।
Comments