थपलिया परिवारद्वारा मन्दिरलाई घण्टी प्रदान
Published:
by .बिर्तामोड । झापाको बिर्तामोड ३ स्थित पुण्डरी चोक निवासी नगेन्द्र प्रसाद थपलियाले बिर्ताबजारमा रहेको नवदुर्गा मिन्दरलाई दुई थान घण्टी प्रदान गरेका छन् ।
आफ्ना स्वर्गीय बुबा रामप्रसाद र आमा सीता थपलियाको सम्झनामा उनले मन्दिरलाई घण्टी प्रदान गरेका हुन् ।
आज बिहिबार बिर्तामोड नगरपालिकाका मेयर धुब्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको एक संक्षिप्त कार्यक्रमकाबिच समाजसेवी थपलीयाले करीब ८० केजी बराबरको एक लाख १५ हजार मुल्यका दुई वटा घण्टी सहयोग गरेका हुन् ।
कार्यक्रममा समाजसेवी शेरबहादुर थापा, बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव माझी, सदस्य शिव खरेल दाता थपलियाकी श्रीमती मेनुका लगायतको उपस्थिती रहेको थियो ।
Comments