मेची युनेस्को क्लवमा नयाँ कार्यसमिति चयन
Published:
by .कमल । लोकनाथ खनाललाई आगामी दुई वर्षे कार्यकालकालागी अध्यक्ष्यमा चयन गर्दै मेची युनेस्को क्लवको १६ औं वार्षिक साधारणसभा तथा शुभकामना आदानप्रदन कार्यक्रम सम्पन्न भएको छ ।
समितीको उपाध्यक्षमा फडिन्द्र कार्की, सचिव विष्णुप्रकास निरौला, सहसचिव रञ्जना सम्हाम्फे, कोषाध्यक्ष लक्ष्मी न्यौपाने अधिकारी तथा सदस्यमा कुलप्रसाद आचार्य, डिकवाहादुर लिम्वु, भिमप्रसाद पौडेल र सुनिता भट्टराई सर्व सम्मत चयान हुनुभएको निर्वाचन समितीका संयोजक उमानाथ ढकालले जानकारी दिए ।
सोहि अवसरमा क्लवलाई विषेश सहयो पुर्याकोमा क्लवका पुर्व अध्यक्ष हिमप्रसाद दाहाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कमल गाउँपािलकाका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष विष्णु सिवाकोटी, वडा सदस्य चक्र गुरुङ्ग, गैरसहकारी सस्था महासंघ १ प्रदेशका सदस्य उमानाथ ढकाल , शिक्षा शाखा प्रमुख सुर्य न्यौपाने, नवोदय बहुउद्दृश्यीय सहकारी सस्थाका अध्यक्ष्य शरणकुमार पराजुली, क्वलका पुर्व अध्यक्ष थोमनाथ निरौला, मधुसुधन अधिकारी , एल.वि पौडेल, रामचन्द्र बराल लगातले साधारणसभा सफलताका साथै दशै, तिहार, छैट पर्वको शुभकामनाका तथा नव निर्वाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
क्लवमा सचिव मदन मिश्रले कार्यक्रमको सन्चालन गरेका थिए भने, उपाध्यक्ष उमानाथ भण्डारीले शाब्दिक शब्दद्वारा स्वागत मन्तव्य राखेका थिए ।
Comments