Sajhamanch Archive

सतासी साप्ताहिकद्वारा पत्रकार, साहित्यकारसहित १२ जना सम्मानित

Published: in विविधा, समाज by .

शिवसताक्षी । सतासी साप्ताहिकले एक कार्यक्रमका बीच साहित्यकार, पत्रकार गरी १२ जनालाई सम्मान गरेको छ । झापा शिवसताक्षीको भिलझिलेमा रहेको सतासी साप्ताहिले शुभकामना आदान प्रदानका कार्यक्रमको आयोजना गरी साहित्यकार पत्रकार गरी विभिन्न विधामा १२ जनालाई नगदसहित सम्मान गरेको हो ।

सतासी साप्ताहिकमा साहित्य विधाका सम्पादक विराट किँरातीलाई नगदसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । उनलाई कार्यक्रमकी प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई र पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले सम्मान पत्र प्रदान गरेका थिए ।

त्यस्तै पत्रकार हाम्रो सरोकारका सम्पादक अनिलदेव राई, साझा मञ्च डटकमका सह सम्पादक सरोज भट्टराई, सेतो पार्टी तथा सताक्षी न्युज खवरका सम्पादक विनोद सापकोटालाई पनि सम्मान गरिएको हो । उनीहरुलाई सतासी साप्ताहिकको स्थापनाका कालमा विभिन्न विधामा रहेर काम गरेको योगदान उच्च मूल्यांकन गर्दै सम्मान गरिएको सताक्षी साप्ताहिकका सम्पादक सेलिङ्ग केसीले जानकारी दिए ।

त्यस्तै सतासी साप्ताहिकमा काम गर्ने गोविन ल्वागुन, रुपा मुखिया, वसन्त राज लिम्बु, कोपिला अधिकारी, युसा थेवे, र बजार प्रतिनिधि देवेन्द्र निरौला र नारायण शिवकोटीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी राईले सम्मानित व्यक्तित्वहरुलाई शुभकामना दिदै सत्य, तथ्य समाचार सम्पेश्रण गर्न सुझाएकी थिइन् । उनले सतासी साप्ताहिकले महिलालाई प्रोत्साहन गर्दै पत्रकारिता क्षेत्रमा स्थान दिएकोमा धन्यवाद दिएकी थिइन् । उनले नगरबाट सेवा सुविधा यस क्षेत्रमा योगदान गर्ने स्थानीय भिडियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने जानकारी दिइन् ।

कार्यक्रममा गजलकार विवश बलिभद्र कोइरालाले गजलका सेरहरुबाट नै शुभकामना मन्तव्य राखेका थिए । पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले शुभकामना दिँदै सतासी साप्ताहिकले ग्रामिण क्षेत्र रहेर दश वर्षदेखि निरन्तर पत्रिका प्रकाशन गरेको प्रशंंसा गरेका थिए । कार्यक्रमको सञ्चालक सतासी साप्ताहिकका सम्पादक सेलिङ्ग केसीले गरेका थिए भने साप्ताहिकका अध्यक्ष योगेन लावतीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *