Sajhamanch Archive

एसिया कप क्रिकेट : बंगलादेशद्वारा श्रीलंका १३७ रनले पराजित

Published: in खेलकुद by .

 काठमाडौं । बंगलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत ४४ रनको मद्दतले शनिबार दुबईमा भएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलंका १३७ रनले पराजित भएको छ ।

पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना गरी १४४ रन बनाएका थिए । उनले ११ चौका प्रहार गरेका थिए । पहिले ब्याटिङ गरी बंगलादेशले कूल २६१ रन बनाएको थियो । एसिया कप पाँच पटक जितिसकेको श्रीलंकाले १७ ओभरमै ६० रन बनाउँदा आफ्ना महत्वपूर्ण पाँच खेलाडी गुमाइसकेको थियो । कूल १२४ रन मात्र बनाएको श्रीलंकाको इनिङ ३५.२ ओभरमा समाप्त भएको थियो ।

बंगलादेशका तर्फबाट मुस्तफीजुर रहमान, मेहिदी हसन र कप्तान मर्साफी मोर्ताजाले समान दुईदुई विकेट लिएका थिए । श्रीलंकाका तर्फबाट लसिथ मालिङ्गाले २३ रन दिएर चार विकेट लिएका थिए । समूह ख मा श्रीलंका , बंगलादेश सहित अफगानिस्तान पनि रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *