Sajhamanch Archive

बडादसैंले नयाँ उत्साह र सकारात्मक ऊर्जा थप्नेछ: राष्ट्रपति भण्डारी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by .

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंले सम्पूर्णमा नयाँ उत्सा, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छिन्। शुक्रबार दसैंको शुभकामना सन्देश दिँदै उनले दसैंले सम्पूर्ण नेपालीमा नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेकी हुन्।

शुभकामना सन्देशमा उनले कोभिड १९ महामारीको जोखिम कायमै रहेको भन्दै सरकारले लागू गरेका स्वास्थ्य मापदण्ड पालना गरेर दसैं मनाउन आग्रह समेत गरेकी छिन्। ‘बडादसैं पर्व, २०७८ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास छ’, शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छिन्, ‘कोभिड–१९ महामारीको संक्रमण्बाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै होसियारीपूर्वक दसैं मनाउनका लागि सबैमा आग्रह गर्दछु।’

राष्ट्रपति भण्डारीले दसैं नकारात्मक प्रवृत्तिका विरुद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने बताउँदै यो कृषिसँग पनि सम्बन्धीत रहेको बताएकी छिन्। उनले वर्षाको हिलोमैलो पछि सुरम्य शरद् ऋतुमा मनाइने दसैं पर्व शक्तिको उपासना, कृषि औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड भएको बताएकी छिन्।

यस्तै राष्ट्रपति भण्डारीले दसैंलगायतका नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेका चाडपर्वले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *