साफ उपविजेता खेलाडीलाई सरकारले जनही पाँच लाख रुपैयाँ दिने
Published:
by .काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरूलाई जनही पाँच लाख रुपैयाँ दिने भएको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडीहरूलाई ५–५ लाख र प्रशिक्षकहरूलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । नेपाल पहिलो पटक च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
Comments