प्रदेश १ का मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत, आइतबार मतदान हुने
Published: (Updated: )
by .विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । सभामुखले समय दिएपछि उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका हुन् ।
विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुअघि उनले बाढी र पहिराले प्रदेशमा पुगेको क्षतिका बारेमा जानकारी गराए । उनले घाइतेको उपचार गर्ने र घरक्षतिलाई तीन लाख दिने निर्णय भएको बताए । धानबाली क्षति भएका किसानलाई पनि राहत दिने तयारी रहेको उनले बताए ।
मुख्यमन्त्रीको विश्वासको मतको छिनोफानो भने आइतबार मात्रै हुने छ । शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकमा प्रस्तावमाथि आइतबार प्रस्तावमाथि छलफल र मतदान गर्ने सहमति बनेको हो ।
आचार्यले प्रस्ताब टेबल गरेसँगै प्रदेशसभा बैठक कात्तिक ७ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।
Comments