Sajhamanch Archive

बाढी प्रभावित विराटनगर विमान स्थल आज पनि खुल्न सकेन

Published: in विविधा, समाज by .

विराटनगर । सोमबारदेखिको अविरल वर्षाका कारण बाढी पसेर अवरुद्ध विराटनगर विमानस्थल आज पनि खुल्न सकेन । विमान स्थल शनिबारबाट मात्र खेल्ने तयारी रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

केसलिया र विमानस्थल नजिकैको बासाहा धाद्रोको पानी विमानस्थलमा पसेपछि सबै उडान अवरुद्ध भएको थियो । विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार बाढीमा फसेर विमानस्थलमै रहेका बुद्ध र श्री एयरका दुईवटा खाली जहाजलाई बिहीबार काठमाडौं पठाइएको छ । उनका अनुसार पानी पूर्ण रुपमा नसुकेकोले शनिबारबाट मात्र विमानस्थलमा उडान खोल्ने तयारी छ ।

अविरल वर्षासँगै बाढीको पानी विमानस्थलको रन वे, ट्याक्सी वे सहितका क्षेत्रमा पसेको थियो । विमानस्थलको रन वे सफा गर्ने कार्य सम्पन्न भइसकेको र पूर्ववत सञ्चालन गर्ने तयारी थालिएको विमानस्थल कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *