Sajhamanch Archive

एमाले अधिवेशनः मेचीनगरका १२ वडामा सर्वसम्मत

Published: (Updated: ) in राजनीति, विविधा by .

मेचीनगर । नेकपा एमाले वडा अधिवेशन अन्तर्गत मेचीनगरका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । केही वडामा सर्वसम्मतको प्रयास असफल भएपछि चुनावबाट नेतृत्व छान्नुपर्ने देखिएको छ ।

मेचीनगर वडा नं. ६ मा अध्यक्ष र उपाध्यक्ष बाहेक अरु सबै पदमा सर्वसम्मत चयन भएको एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले बताए । वर्तमान अध्यक्ष प्रितम काफ्ले र रामबहादुर तामाङ्ग, उपाध्यक्षमा होम गुरुङ र सञ्जु ढुंगेलको उम्मेद्वारी परेको थियो भने सचिवमा राजु पौडेल सर्वसम्मत चयन हुनुभएको छ । नेतृत्व सर्वसम्मत रुपमा अध्यक्ष छान्ने प्रयास भने जारी राखेको नगरका नेता रोशन अग्रवालले जानकारी दिए ।

१५ वटा वडा रहेको मेचीनगरको वडा नं.२ मा अधिवेशन स्थगित भएको छ । अध्यक्ष पदमा एकभन्दा बढीको दाबी परेपछि अधिवेशन स्थगित भएको हो । यद्यपि सो वडामा अध्यक्ष बाहेक अरु सबै पदमा सर्वसम्मत चयन गरिएको नगर अध्यक्ष पोखरेलले बताए । यस्तै, ३ ले पनि नयाँ अध्यक्ष पाउन सकेको छैन ।

नगरको वडा नं.१ मा भरत मोक्तान, ४ मा अध्यक्ष तिर्थराज नेपाल, ५ मा रविन राउत, ७ मा हाकिमप्रसाद तिम्सिना, ८ मा विष्णु भट्टराई, ९ मा कमलमणि पौडेल, १० मा बलराम चिमरिया, ११ मा सागर ओली, १२ मा धनबहादुर तामाङ, १३ मा भोजराज पराजुली, १४ मा दुर्गा धमला, १५ मा मुरलीधर कोइराला चयन भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *