Sajhamanch Archive

मन्दिर हिन्दुहरुको मात्र नभएर सबै धर्मालम्विहरुको साझा संस्था होः संसाद कार्की

Published: (Updated: ) in विविधा, समाज by .

कमल । मन्दिर हिन्दुहरुको मात्र नभएर सबै धर्मालम्विहरुको साझा सस्था भएको झापा क्षेत्र नम्वर ५ “क” का प्रदेश सभाका सांसद हिक्मतकुमार कार्की बताएका छन् ।

आज झापाको कमल गाउँपालिका २ समयगढ स्थित भुमेश्वर शिव पञ्चायन मन्दिरको उद्घाटन क्रममा उनले मन्दिर निर्माण गर्नु भनेको कुनै एक धर्म र संप्रदायको मात्र नभएर सम्पुर्ण नेपालीहरुको साझा सस्था हो । मन्दिर हाम्रो धर्म संकृति र गौरवसँग जोडिएको छ । मन्दिरलाई हिन्दुको मन्दिर भनिरहनु पर्दैन यो सबै नेपालीहरुको साझा हो ।

हाम्रा कुनै पनि चाडपर्व जातिय र धार्मिक हिसावले घेरिएका छैनन् । दशै,तिहार लगायतका पर्व हाम्रा धमर्, संस्कार, संस्कृति सबैको साझा भएको सांसद कार्कीले बताए ।
स्थानिय वासीले गतवर्ष देउसी खेलेर तथा जनश्रमदानबाट २२ लाख रुपैया भन्दा बढीको लागतमा मन्दिर निर्माण गरिएको मन्दिर समितीले जनाएको छ ।

मन्दिर व्यवस्थापन समितीका अध्यक्ष हजेन्द्र बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथी कमल गाउँपालिकाका उपाध्यक्ष वेणु सिवाकोटी दुई नम्वर वडा अध्यक्ष ताराप्रसाद न्यौपाने स्थानिय समाजसेवी लगायतले मन्दिर निर्माण गर्नु प्रशंसा योग्य भएको र यसले सबैलाई एकतामा बाँध्ने बताए ।

कार्यक्रममा जग्गा दाता विश्वनाथ तथा सीतादेबी कोईराला, मुर्तिदाता शिवप्रसाद खतिवडाले मन्दिरलाई सहयोग गर्ने विभिन्न व्याक्ति लगायतलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

मन्दिर व्यवस्थापन समिती सदस्य नारायाण बस्नेतले सन्चालन गरेको कार्यक्रमा समितीका सदस्य धन वहादुर बस्नेतले शाब्दिक शब्द द्वारा स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *