नेकपा एमाले शिवसताक्षी नगरमा अध्यक्ष पदका लागि पाँच जनाको उम्मेद्वारी, ७२ कोटामा १२७ को मनोनयन
Published: (Updated: )
by .शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीमा नगर अध्यक्ष पदकाका लागि पाँच जनाले आकांक्षीले मनोनयन दर्ता गराएका छन् ।
नगर अध्यक्ष पदका लागि मेघहाङ्ग थोप्रा( रोसन), डिल्लीरमण खतिवडा, सीताराम भेट्वाल, कुलबहादुर बस्नेत र विमला प्रसाई संग्रौलाले मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै उपाध्यक्ष पदका लागि जयनारायण अधिकारी, घनश्याम पोख्रेल, कमल लामिछाने र केपी रिजालले उम्मेद्वारी दिएको निर्वाचन मण्डलले जनाएको छ ।
त्यसैगरी सचिव पदमा बुद्धिराज लक्सम, भरत शिवाकोटी, कमल नेपालको उम्मेद्वारी परेको छ । उपसचिव खुल्लातर्फ भिम लिवाङ,भाष्कर सिटौला, विनोदप्रसाद सापकोटाले उम्मेद्वारी दिएका छन् । उपसचिव महिलातर्फ सुमित्रा अधिकारी र जुनु मोहोराको उम्मेद्वारी परेको निर्वाचन मण्डलले जनाएको छ ।
त्यस्तै सदस्यमा २६ जनाले मनोनयन दर्ता गराएका छन् । जसमा युवराज पाठक, उमानाथ पराजुली, हरिप्रसाद सुवेदी, सुवास राई, लक्ष्मीप्रसाद चेम्जोङ्ग, लोकेन्द्र श्रेष्ठ, बेनुप्रसाद कार्की, लोकवहादुर रोक्का, सुरज राई (रिङगालुङ्ग), कृष्ण पोख्रेल, भिम बोहोरा, बलिराम तामाङ्ग रहेका छन् ।
यस्तै विकास कार्की, ओम भक्त मैनाली, गोविन्द कुमार बस्नेत, घनश्याम ओली, तुलसी बाँस्कोटा, तिलबहादुर कटवाल, खडानन्दा रिमाल, दिपेश राई, सुजन ओली, पुस्पलाल संग्रौला, शेखर चापागाईँ, टंकबहादुर थापा, डामकुमार कुँवर र प्रदिप गोले (फुर्वा) नगर सदस्य पदमा मनोनयन दर्ता गराएका छन् । नगर सदस्य १३ पदका लागि २६ जनाले मनोनयन दर्ता गराएको निर्वाचन मण्डलका सदस्य राधाकृष्ण खनालले जानकारी दिए।
त्यसैगरी नगर भरीका ११ वटै वडाबाट प्रत्येक वडाबाट महिला र पुरुष गरी २ ÷२ जनाको कोटामा केही वडामा बाहेक अन्यमा सर्वसम्मत हुन सकेन ।
वडा नम्बर १ बाट नगर सदस्य पदका लागि तुलसीराम दाहाल र मनवहादुर श्रेष्ठ नगर सदस्य पदमा सर्वसम्मत चयन भएका छन् । महिलाबाट हरिकुमारी आचार्य र रुपा देवी दाहाल सर्वसम्मत नगर सदस्य चयन भएकी हुन् ।
वडा नम्बर २ मा नरबहादुर बुढाथोकी, प्रेमप्रसाद चिमरिया, दुर्गाप्रसाद आचार्य, टेकराज निङलेखु र पर्शुराम अर्यालको नगर सदस्यमा उम्मेद्वारी परेको छ । यस्तै सो वडाबाट महिला कोटाबाट आवस्यक २ कोटामा हरीमाया दुलाल र मनमाया तिवारीको मात्र मनोनयन परेपछि उनिहरु सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य राधाकृष्ण खनालले जानकारी दिए ।
वडा नम्बर ३ मा ताराप्रसाद सिग्देल, बमबहादुर कार्की, मच्छिन्द्र कुमार सम्वाहाम्फे, नारद ऋषी मोक्तानको मनोनयन दर्ता भएको छ । यता सो वडाको महिला कोटाबाट सुस्मिता सुब्बा लिम्बु र मुनाकुमारी तामाङ्ग सर्वसम्मत नगर सदस्यमा चयन भएका छन् । अन्यको उम्मेद्वारी नपरेपछि उनिहरु वडाबाट नगर सदस्य पदमा चयन भएका हुन् ।
वडा नम्बर ४ बाट नगर सदस्य पदका लागि विष्णुप्रसाद प्रसाईँ, राजनारायण राजबंशी, सन्तोष कुमार पौडेलले उम्मेद्वारी दिएका छन् । महिला सदस्य पदमा निषा लिम्बु सुब्बा, कल्पना चम्लागाईँ र डम्बरकुमारी रिजालको उम्मेद्वारी परेको छ ।
वडा नम्बर ५ बाट भानुभक्त विमली, केशव सुवेदी, राजेन्द्रप्रसाद बाँस्कोटा, टंकनाथ ढुँगेल र श्रीकृष्ण सुवेदीको उम्मेद्वारी परेको छ । महिला नगर सदस्यमा दुई जना स्वरस्वती अधिकारी र मालती सुब्बा सर्वसम्मत चयन भएका छन् ।
वडा नम्बर ६ बाट बद्रिनाथ खनाल, पुष्पराज भण्डारी र लक्ष्मीप्रसाद गुरागाईँको उम्मेद्वारी परेको छ । महिला नगर सदस्यमा सो वडाबाट मिना चापागार्ई, गोमा रिजाल र विमला लुइटेलको उम्मेदवारी परेको छ ।
वडा नम्बर ७ बाट नगर सदस्य पदका लागि मित्रलाल तिवारी, कुलप्रसाद दवाडी र सूर्यप्रसाद न्यौपानेको उम्मेद्वारी दर्ता भएको छ । सो वडामा महिला नगर सदस्य पदका लागि ईन्द्रकुमारी श्रेष्ठ, स्वरस्वती भण्डारी, कमला रिजालको नाम दर्ता भएको छ ।
वडा नम्बर ८ बाट कमलवहादुर आङ्गदम्बे, सिताराम निरौला, नेत्रप्रसाद तिम्सिना, सुवास गौतम र विरेन्द्र दाहाल (सुमन) को नाम नगर सदस्य पदमा दर्ता भएको छ । धनमाया लावती र गीतादेवी संग्रौलाको मात्र मनोनयन दर्ता भएपछि नगर महिला सदस्यमा उनिहरु सर्वसम्मत चयन भएका छन् ।
वडा नम्मबर ९ बाट हरेन्द्र राज तुम्वापो, विष्णुलाल भट्टराई, भिमवहादुर बस्नेत, नविन बाँस्कोटाको नाम नगर सदस्य पदमा दर्ता भएको छ । यस्तै महिला नगर सदस्य पदमा मिना देवी कार्की, इन्द्र खनाल र रुका ढकालले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी वडा नम्बर १० बाट नगर सदस्य पदमा दिपक कुमार पोख्रेल र हर्कवहादुर सिगु सर्बसम्मत चयन भएका छन् । यस्तै महिला सदस्यका लागि लक्ष्मी देवी सुवेदी र हरिमाया ढकालको मात्र उम्मेदवारी परेपछि उनिहरु पनि नगर सदस्यमा निर्विरोध चयन भएका हुन् ।
त्यसैगरी नम्बर ११ मा रामप्रसाद सुहाङ्ग, देवेन्द्र खरेल, पदम प्रसाद दाहाल र बहादुर आङ्गवोले मनोनयन दर्ता गराएका थिए । तर दाहाल र सुहाङ्गले मनोनयन फिर्ता गरेपछि खरेल र आङवो नगर सदस्यमा निर्विरोध चयन भएका हुन् ।
यस्तै महिला सदस्य पदका लागि गीता खरेल, सितादेवी घिमिरे र तुलषा कट्टेलले उम्मेद्वारी दर्ता गराए पनि खरेलले उम्मेद्वारी फिर्ता गरेसँगै घिमिरे र कट्टेल निर्विरोध चयन भएका हुन् ।
सिमान्तकृत समुहको १ कोटामा टंक राजबंशी सर्वसम्मत नगर सदस्य पदमा चयन भएका छन् ।
मधेसी तथा पिछडा वर्गको १ कोटामा राम नरेश शर्मा र गेनलाल साहुँको नाम दर्ता भएपछि सो कोटाबाट पनि नगर सदस्य पदमा सर्वसम्मत हुन सकेन ।
त्यसैगरी दलित कोटामा राम प्रसाद शंकर, विनोद दर्नाल, जयवहादुर विक, दिपेश लाम्गादे, गुनैश्वर दास र होमप्रसाद बिकले उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै महिला नगर सदस्य पदमा जानुका दर्जी, मंगलादेवी विक, सिताकुमारी महेश्वर, तीर्था दर्जी, जमुना दर्नाल, रिमा कुमारी विश्वकर्मा र रिना दर्जी दर्नालले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी मजदुरको एउटा कोटामा भवानी प्रसाद दंगाल, क्षीतिज लक्सम र बेदप्रसाद मैनालीले उम्मेद्वारी दर्ता गराएका छन् । अपाङ्ग १ कोटामा मनोनयन दर्ता हुन सकेन ।
हिजो भएको अधिवेशनमा सर्वसम्मत नभएपछि नेकपा एमाले नगरको नेतृत्व चयन निर्वाचन प्रकृयामा धकेल्लिएको थियो ।
Comments