Sajhamanch Archive

सेनाको ‘कू’ पछि सुडानलाई आर्थिक सहयोग रोक्ने विश्व बैंकको घोषणा

Published: in विविधा, विश्व समाचार by .

काठमाडौं । विश्व बैंकले सुडानलाई आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ । सुडानमा सेनाले ‘कू’ गरी सत्ता लिएपछि भईरहेको प्रदर्शनका क्रममा गरिएको दमनलाई लिएर अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भइरहेको बेला विश्व बैंकले सुडानलाई दिंदै आएको सहयोग रोक्ने बताएको हो ।

सेनाले असंवैधानिक तरिकारले सत्ता कब्जा गरेकै भन्दै अफ्रिकन युनियनले समेत सुडानलाई आफ्नो समूहबाट निलम्बन गरेको छ । धमाधम आर्थिक अनुदान सहयोग काटिन थालेकाले नाजुक अर्थतन्त्र भएको सुडानले गम्भीर परिणामहरू भोग्नुपर्ने आर्थिक विशेषज्ञहरूले चेतावनी दिएका छन् ।

यसैबीच विश्व बैंक र एयुकै कदमका कारण सैनिक विद्रोहका नाइके जनरल अब्देल फत्ताह बुर्हानमाथि नागरिक सरकारको पुनस्र्थापनाका लागि दबाब परेको बताइएको छ । विश्व बैंकका अध्यक्ष डेभिड माल्पासले सुडानका पछिल्ला घटनाहरूबाट निकै चिन्तित रहेको भन्दै त्यहाँको सामाजिक, आर्थिक उत्थान तथा विकास कार्यमा नाटकीय असर पर्ने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *