शिवसताक्षीमा उपसचिव दाहालसहित ६० बढी शिक्षक तथा कर्मचारी सम्मानित
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका अवकास प्राप्त तथा दीर्घसेवी शिक्षक सम्मानित भएका छन् ।
शिवसताक्षी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा शैक्षिक सम्मान समितिले नगरका ६० बढी शिक्षकलाई एकसाथ सम्मान गरेको हो ।
नगरपालिकाले शिवसताक्षी नगरपालिकाका शिक्षा प्रमुख उपसचिव सुरेन्द्र दाहाललाई समेत सम्मान गरेको छ ।
उनीहरुलाई नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई लगायतले अविर, खादा र सम्मान प्रदान गरेका थिए । दाहाल गएको १४ गते सेवा निवृत्त भएका थिए ।
कार्यक्रममा शिवसताक्षी नगर क्षेत्र भित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट सेवा निवृत्त शिक्षहरुलाई समेत सम्मान गरेको थियो ।सम्मानित हुने शिक्षकहरुमा खगेन्द्र कार्की मोतीखर उप्रेती, शान्तिराम भट्टराई ,रुद्रप्रसाद भट्टराई, रोमनाथ अधिकारी, गजेन्द्रबहादुर मगर,डम्बरप्रसाद राजवंशी भोला सापकोटा, प्रेमप्रसाद भट्टराई,डम्बरबहादुर घिमिरे,डम्बरबहादुर घिमिरे रहेका छन् ।
त्यस्तै बद्धिमान बुढाथोकी, विदुर आचार्य, गणेशप्रसाद घिमिरे, गणेशप्रसाद घिमिरे, पुुन्यप्रसाद शर्मा, ठाकुरप्रसाद भण्डारी, ठाकुरप्रसाद भण्डारी, यशोदा खरेल, मायादेवी न्यौपाने, रविन गौतमलाई पनि नगरले सम्मान गरेको हो । त्यस्तै जीवन ढकाल, टंकप्रसाद पोख्रेल, भीमप्रसाद घिमिरे, कुबेर्धन रिजाल, भीमबहादुर लिम्बू, श्री झकमणि प्याकुरेल डिल्लीराम दवाडी, भीमबहादुर थापा, सीताराम न्यौपाने, मित्रप्रसाद थापा सम्मानित भएका हुन् ।
त्यस्तै नगरपालिकाले दीर्घ सेवी शिक्षकलाई पनि सम्मान गरेको छ । सम्मानित हुने शिक्षकहरुमा पुण्यप्रसाद गौतम, कमलप्रसाद नेपाल, यामप्रसाद हुमागाईं, बलिराम तामाङ, भुपेन्द्र गौतम, जयनारायण ताजपुरिया, नरेन्द्रकुमार भगत, धनबहादुर बस्नेत, रहेका छन् । त्यस्तै प्रकाशचन्द्र गौतम, जगतवीर लिम्बू, लक्ष्मीप्रसाद ढकाल, बाबुराम दाहाल, राजनारायण चौधरी, टेकनाथ शिवाकोटी, टीकाप्रसाद घिमिरे, देवीप्रसाद शिवकोटी,श्री नारदमणि न्यौपाने, मानबहादुर मुखिया, रुद्रप्रसाद उप्रेती, लोककुमारी डाँगी, देवीबहादुर कार्की, लक्ष्मीप्रसाद भट्टराई, रामदेव शाह, शुकदेव चौधरी, भुवानीप्रसाद थापा, विष्णुप्रसाद खतिवडा, सावित्रा फुयल(पौडेल), नन्दराम संगौला, सरस्वती शाक्य, दुर्गा भण्डारीलाई सम्मान गरिएको हो । कार्यक्रमा नगरका सामुदायिक विद्यालयका विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक श्रीप्रसाद खरेलले गरेका थिए ।
Comments