Sajhamanch Archive

शिवसताक्षीमा मंसिर ११ देखि प्रथम एनी फाक्तेप गोल्डकप हुने

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by .

शिवसताक्षी । शिवसताक्षीमा प्रथम एनी फाक्तेप गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

स्थानीय फाक्तेप फुटबल क्लबको आयोजनामा शिवतसाक्षी ७ बालसेवा आधारभूत विद्यालयको खेलमैदानमा उक्त प्रतियोगिता हुन लागेको आयोजकले आज प्रत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

प्रतियोगितामा मुख्य प्रयोजक शिवतसाक्षी ९ को कनकाई गार्मेन्टबाट उत्पादत एनी ब्राण्डले गर्ने भएको छ । फुटबल प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न कनकाई ग्रार्मेन्टका सञ्चालक सन्तोष थोप्राले ३ लाख सहयोग गरी मुख्य प्रयोजक बनेका हुन् । थोप्राले फाक्तेब क्लबका खेलाडीहरुलाई एनी ब्राण्डको लोगो अंकित जर्सी समेत वितरण गरेको छ ।

प्रतियोगिता मङ्सिर ११ गते देखि १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा झापा, मोरंङ, इलाम, सुनसरी र सिन्धुलीका टिमले सहभागीता जनाउने आयोजक समितिका अध्यक्ष बमप्रसाद चेम्जोङ्गले जानकारी दिए। । त्यस्तै प्रतियोगितामा झापाका जलथल एफसी, काकडभिट्टा फुटवल क्लब, रोयल स्पोर्टिङ्ग क्लव दमक र आयोजक फाक्तेप फुटबल क्लव शिवसताक्षीले पनि सहभागिता जनाउने छन् ।

प्रतियोगिताका बिजयी टिमले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार, मेडल, ट्रफि र प्रमाण पत्र पाउने आयोजका चेम्जोङ्गलेको भनाई छ । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजका बिजेताले ५ हजार, सर्वाधिक गोलकर्ताले ५ हजार, उत्कृष्ट मिड फिल्डरले ५ हजार नगद पुरस्कार पाउने आर्थिक संयोजक दिपक शेर्माले जानकारी दिए ।

यस्तै उत्कृष्ट फरवाड, उत्कृष्ट किपर र उत्कृष्ट डिफेन्सले जनही ३ हजार पाउँनेछन् । प्रतियोगिताका म्यान अफ द म्याचका बिजेताले २ हजार नगद पाउने छन् ।

प्रतियोगिता सफल पार्न शिवतसाक्षी नगरपालिका, व्यापारी, बैक तथा वित्तीय संस्थाहरुमा सहयोगको अपेक्षा राखेको आयोजक फाक्तेब क्लबले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १८ लाख २० हजार लाग्ने आयोजकको अनुमान छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *