राष्ट्रिय रमणीयमा चेतनामुलक सामुहिक देउसी खेलियो
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षीको एक सामुदायिक विद्यालयले तिहारको दोस्रो दिन आज सामुहिक देउसी खेलेको छ । शिवताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा रंगोली बनाएर शिक्षक तथा विद्यार्थीहरुले सामुहिक रुपमा देउसी खेलेका हुन् ।
साँस्कृतिकरु रुपमा खेल्दै आएको देउसीलाई निरन्तरता दिदै नेपालीहरुको महान चाड दीपावलीलाई उत्सवको रुपमा मनाउन पनि देउसी आयोजना गरिएको विद्यालयले जनाएको छ । भोलीबाट विद्यालय विदा हुने भएकाले विद्यार्थी शिक्षकहरुले मिलेर आजै देउसी खेलिएको विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजालले जानकरी दिए । देउसी परम्परादेखि खेल्दै आएपनि पछिल्लो समय चेतनामुलक सन्देश दिदै भट्याउने चलन बढ्दै गएको छ । विद्यालयले आयोजना गरेका देउसीमा शिक्षक गोविन्द काफ्ले हाल विद्यार्थी, शिक्षक, अभिभावकलाई एकै स्थानमा राखेर शिक्षाको गुणस्तर विकासलागी अपनाउने पर्ने विषयहरुमा केन्द्रित रहेर देउसीमा भट्याएका थिए ।
सामुहिक देउसीमा राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका भुत पुर्व विद्यार्थी तथा नेकपा एमालेका नगर नव निर्वाचित अध्यक्ष रोषन थोप्राले दिप प्रज्वलन गरेर गरेर देउसीको सुरुवात गरिएको थियो ।रंगोली मा निर्माणविद्यालयका विज्ञान शिक्षक शिव आङवोले सहजीकरण गरेका थिए।
देउसी कार्यक्रममा ब्यबस्थापन समिति पदाधिकारी ,सल्लाहकार समिति ,अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
Comments