Sajhamanch Archive

अवस्था सामान्य भएसँगै पर्यटकीय क्षेत्रमा बनभोज जानेहरुको चलपल सुरु

Published: in विविधा, समाज by .

कमल । कोभिड १९ कारण ठप्प पर्यटकीय क्षेत्र अवस्था सामान्य भएपछि आन्तरिक पर्यटनका साथै बनभोज खान जानेहरुको चहल पहल सुरु भएको छ ।
लामो समयको लकडाउनका कारण घर भित्रै गुम्सिएर बस्नु पर्दाको छटपटी मेटाउनका लागी अहिले आफ्ना नजिकका पर्यटन स्थानमा घुमेर तथा वनभोज खाएर मनोरन्जन गर्नेहरुको सख्या दिन प्रतिदिन बढी रहेको छ ।

नेपालीहरुका महान चाड पर्व बडादशै र दीपावलीको बिदा गरेपछि बचेको छुट्टिको समयलाई सदुपयोग गर्दै विदामा घर आएका विभिन्न व्याक्ति वनभोज खानका लागी झापाको शिवसताक्षी नगरपालिका ११ स्थित धार्मिक तथा पर्यटकीय स्थान शताक्षीधाम पुग्ने गरेका छन् ।

कोभिड १९का कारण दुई वर्ष देखी अस्तव्यास्त बनेको जनजिवन सामान्य बन्दै गएकोले अहिले मानिस घुम्न निस्कन थालेका छन् । यो खुशीको कुरा हो । आफुपनि साथी भाईसँग यस ठाउँमा घुम्न आएका छौ रमाईलो लागेको कमल गाउँ पालिका ३ केर्खा भिमप्रसाद राईलेल बताए । उनले सताक्षीधाममा विकासको क्रममा सुरु भएपनि सडकको स्तरोन्ननी नहुँदा जान आउँन समस्या रहेको बताए ।

चाडपर्वको मौका छोपेर हिमाली जिल्ला संखुवासभाबाट झापा आएको मौकामा सताक्षीधाम दर्शन गर्न आएको खाँदबारी नगरपालिका ८ का पूर्णकुमार गौलीले जानकारी दिए । उनले सताक्षीधाम सुनेको मात्र थिए । तर आज दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरे ।

जापानमा ८ वर्ष विताई नेपाल फर्किएका कमल गाउँपालिका ८ का अनुप बराल पनि साथी भाईसँग सताक्षीधाम घुम्न आएको बताए । विभिन्न सामाजिक सञ्जालमा सताक्षीधामको भिडियो हेरे पनि आजै मात्रै पहिलो चोटी यस ठाउँमा आएको उनको भनाई छ । सताक्षीधाममा पर्यटकीय क्षेत्रको विकास भएपनि शौचालयको अभाव रहेको उनको बुझाई थियो ।

कोभिड १९ का कारण पर्यटीय क्षेत्र ठप्प भएपनि अवस्था सामान्य बनेसँगै झापाका पर्यटकीय क्षेत्रहरु चलायमान बन्न थालेका छन् । करिव दुई वर्ष सम्म बन्द भएका पर्यटन क्षेत्रमा पर्यटकका आकर्षका लागि बनभोज स्थानमा सडक, शौचालय, खानेपानी र विजुली जस्ता न्युनतम आवश्यकता पुरा गर्न सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *