जनगणनाका लागि ४० हजार गणक भोलिदेखि घर–घरमा
Published: (Updated: )
by .काठमाडौं । १२ औं राष्ट्रिय जनगणना भोलि ९बिहीबार० देखि शुरु हुँदैछ । त्यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पहिलो चरणको सूचीकरण संकलन भइसकेको र भोलिदेखि मूल जनगणना संकलन कार्य हुने बताए । त्यसका लागि ७७ जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेको छ । सूचीकरणमा छुटेकाहरूलाई पनि मूल जनगणनामा समेटिने उनले बताए ।
सो क्रममा देशभर ४० हजार गणक परिचालन हुनेछन् भने आठ हजार ५०० सुपरिवेक्षक सहभागी हुनेछन् । विभागले ती सबैलाई तालिम दिने काम सम्पन्न गरिसकेको छ । पहिलो पटक सामुदायिक प्रश्नावली पनि समावेश गरिएको र यो कार्यले वडा तहको तथ्यांक पनि संकलन हुने उनले बताए । जनगणनाका ८० वटा प्रश्न छन् । स्थानीय तहबाट पनि तथ्यांकको धेरै माग भएकाले प्रश्न धेरै भएको उनले स्पष्ट पारे ।
एउटा परिवारको तथ्यांक लिन ३० मिनेट लाग्ने
केन्द्रीय तथ्यांक विभागले भोलि ९बिहीबार० देखि सुरु हुने राष्ट्रिय जनगणना कार्यमा एउटा परिवारको तथ्यांक संकलन गर्न करिब ३० मिनेट लाग्ने जनाएको छ । जनगणना कार्यका लागि ४० हजारजना गणक परिचालन हुँदै छन् ।
८० वटा प्रश्नको उत्तर लिन र दिन न्यूनतम ३० मिनेट लाग्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । एक जना गणकले सामान्यतया १७५ परिवारको तथ्यांक संकलन गर्नेछन् । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुने विभागले जनाएको छ ।
Comments