Sajhamanch Archive

नेकपा एमाले झापा क्षेत्र नं. ४ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि मतदान हुँदै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, by .

शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेश प्रतिनिधिहरु छनौटका लागि झापा क्षेत्र नं. ४ मा मतदान सुरु भएको छ । नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिको ९ जनाको कोटामा २० जना चुनावी मैदानमा उत्रिएका छन् ।

विहीबार ३३ जना आकांक्षीले मनोनयन दर्ता गराएपनि शुक्रबार १३ जनाले उम्मेद्वारी फिर्ता लिएपछि २० जना महाधिवेशन प्रतिनिधिका लागि क्षेत्र नं. ४ का १२ स्थानमा मतदान सुरु भएको निर्वाचन मण्डलले जनाएको छ ।

खुल्लातर्फ ६ जनाको कोटामा १७ जना चुनावी मौदानमा छन् । जसमा केयरसिंह बस्नेत, कोमल पन्त, खेमनाथ मिश्र, गोविन्दबहादुर कुँवर, चन्द्रकुमार सेर्मा, टंकनाथ ढुंगेल, दीपक चापागाईँ, धनबहादुर थेवे, प्रकाशचन्द्र खरेल, भैरवकुमार श्रेष्ठ, राजेन्द्रकुमार पोखरेल, राधाकृष्ण खनाल, विष्णुप्रसाद खतिवडा, हर्कराज राई, र हिरा कुमार थापा रहेका छन् । त्यस्तैगरीे महिलातर्फ ३ जनाको कोटामा ५ जना चुनावी मैदानमा छन् । जसमा अमृता राई, इन्दिरा बस्नेत, चम्पादेवी खनाल, नरमाया कार्की र भोजकुमारी नेपाल रहेका छन् ।

क्षेत्र नं. ४ को शिवसताक्षी नगरपालिकामा महाधिवेशन प्रतिनिधि छनोट मतदानका लागि ६ ओटा बुथ रहेका छन् । जसमा शिवसताक्षी वडा नं. ९ र १० लाई ध्रुवतारा आवशीय माध्यमिक विद्यालय, वडा नं. ११ को भूपू शैनिक संघ दूधेको भवन, वडा नं. ६ र ७ को शुक्र माध्यमिक विद्यालय चन्द्रडाँगी, वडा नं. ४ र ५ लाई साना किसान सहकारी संस्थाको भवन जनता बजार, वडा नं. २ र ३ को मोती माध्यमिक पाराबारी र वडा नं १ र ८ को भगवती आधारभूत विद्यालय डुँडाबारीमा मतदान स्थल तोकिएको क्षेत्र नं. ४ का निर्वाचन समितिका सचिव श्रीप्रसाद खरेलले जानकारी दिए ।

त्यस्तै झापा गाउँपालिकाको वडा नं. १, २ र ४ डिल्लीराज मा.वि. टागनडुब्बा, वडा नं. ३ र ५ लाई भानु प्रावि कामाकोटी, वडा नं. ६ र ७ जनता मा.वि शर्णामतिमा मतदान भइरहेको छ । त्यस्तै गौरीगञ्ज गा.पा. वडा नं. १ र २ को बालकल्याण मा.वि. कुञ्जीबारी, गौरादह न.पा. वडा नं. ९ को प्रणामी मन्दिर गौरादहमा मतदान स्थल तोकिएको निर्वाचन मण्डलले जनाएको छ ।

त्यस्तै कनकाई नगरपालकाको वडा नं. ५ को देवकोटा मा.वि. तुलसीबारी, वडा नं. १,६ र ७ को दलित आदिबासी भवन दुर्गापुर, र वडा नं. २, ३ र ४ को कनकाई माध्यमिक विद्यालय सुरुङ्गामा मतदान स्थल तोकिएको क्षेत्र नं. ४ का प्रमुख निर्वाचन अधिकृत टंक उप्रेतीले बताए ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेको दलित सहित ५७०८ संगठित सदस्य रहेका छन । निर्वाचित प्रतिनिधिले पार्र्टीको १० औं महाधिवेशनमा सहभागी भई केन्द्रीय प्रतिनिधि छनोट गर्न पाउने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *